३१ श्रावण २०८३, आईतवार

मधेसीको मसीहा बने महन्त ठाकुर , ओलिको पनि जय जयकार

एसीपी संवाददाता

१७ बैशाख २०७८, शुक्रबार ००:४६ मा प्रकाशित

काठमाडौं । सरकारले मधेस आन्दोलनसँग सम्बन्धित १२० जनाको मुद्दा फिर्ता लिएपछि तराई/मधेसमा खुसियाली छाएको छ । जनता समाजवादी पार्टीको पहलमा १२० जना जोडिएको १५ वटा मुद्दा फिर्ता लिएसँगै मधेसमा युवाहरुले दिपावली गरेका हुन् । युवाहरुले जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र प्रधानमन्त्री केपी शर्मा ओलीको जयजयकार गर्दै दिपावली मनाएका छन् ।

प्रदेश २ को राजधानी जनकपुरमा युवाहरुले दिप प्रज्वलन गरेर निर्णयकर्ता र यसका लागि पहल गर्नेलाई धन्यवाद दिए । जनकपुरमा अरुण झा मधेसीको नेतृत्वमा सय भन्दा युवाहरुले निर्णयलाई स्वागत गर्दै दिपावली गरेका हुन् । उनीहरुले अरु नेताले आश्वासनमात्रै दिने गरेको र जसपाका नेताहरुको निर्णायक पहलमा इतिहासमै पहिलोपटक प्रधानमन्त्री ओलीले मधेसका लागि गरेर देखाएको प्रतिक्रिया दिएका छन् ।

सर्लाहीको चन्द्रनगर गाउँपालिकामा पनि सरकारी निर्णयको स्वागत गर्दै दिपावली गरिएको छ । मंसिव महतोको नेतृत्वमा यहाँ दिपावली गरिएको हो । त्यसैगरी कविलासी नगरपालिकामा दिगेश्वर नायक र महेश पासवानको नेतृत्वमा सरकारले मधेसका मुद्दा सम्बोधनको सुरुवात गरेकोमा दिपावली गरिएको छ । यहाँ युवाहरुसहित करिब २०० जनाको उपस्थिति थियो ।

त्यसैगरी कौडेना नगरपालिकामा प्रभु चौधरीको नेतृत्वमा, लालबन्दी नगरपालिकाको नवलपुरमा अमिर पासवानको नेतृत्वमा दिपावली गरिएको थियो । जिल्लाभरी ५ सय भनदा बढी मानिसहरुको उपस्थिति रहेको थियो । नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x