मधेसीहरुको सपना बेच्दै उपेन्द्र यादव र बाबुराम :चीन , इयुउ बाट सरकार ढाल्न पाए १ सय ७० करोड
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत असफल पारेर सरकार ढाल्न र नयाँ सरकार गठनमा बहुमत संख्या पुर्याधउनका लागि जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराईले सांसद किनबेचका लागि मोटो रकम पाएको खुलेको छ ।
उपेन्द्र र बाबुरामको प्रलोभनमा परेर महन्थ ठाकुरलाई छोडेका सांसदले कबोल गरेको पैसा नपाएपछि यो कुरा बाहिर आएको हो ।
प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्न उपेन्द्र र बाबुरामले कम्तिमा १० सांसदलाई आर्थिक प्रलोभन दिएको बुझिएको छ । त्यसमा विश्वास गरेर केही सांसदले विपक्षमा मत पनि हाले । तर उनीहरुले कबोलअनुसारको रकम पाएनन् । खोज्दै जाँदा ठूलो रकम आएको पाइयो ।
जसपा निकट उच्च स्रोतका अनुसार सांसद किनबेच, ओली सरकार ढाल्न, बदनाम गराउन, विश्वासको मतमा असफल पार्न र देशमा राजनीतिक अस्थिरता फैलाउनका लागि चीनबाट ९० करोड र युरोपियन युनियनबाट ८० करोड रुपैयाँ उपेन्द्र र बाबुरामलाई आएको छ ।
चीनबाट पैसा आएको रिपोर्टहरु यसअघि नै आइसकेका छन् । युरोपियन युनियनले भने सांसद किनबेचका लागि प्रतिसांसद ८ करोड रुपैयाँ दिएको छ । कम्तिमा १० वटा सांसद खरीद गर्न ८० करोड लिएको उच्च स्रोतको दाबी छ ।
कुल मिलाएर दातृ निकायबाट सत्ता परिवर्तनका लागि निर्णायक जसपाका नेताहरुले १ अर्ब ७० करोड लिएको देखिएको छ । उत्तरी छिमेकी चीन अहिले ओली सत्ता ढाल्न हात धोएर लागिपरेको छ । उ प्रचण्डको नेतृत्वमा सरकार बनाउन चाहन्छ ।
त्यसैगरी युरोपियन युनियन ओली धार्मिक व्यक्ति भएको, धार्मिक आस्था देखाएको, चितवनमा राम मन्दिर बनाउन खोजेको, हिन्दु धर्मलाई मलजल गर्दा किश्चियानिटीमा धर्मान्तर अभियानमा बाधा पुग्ने भन्दै ओलीलाई हटाउन अग्रसर भएको छ ।
आफ्ना स्वार्थका लागि विदेशीले उपेन्द्र र बाबुरामलाई आर्थिक तागतमा उपयोग गरेका हुन् । तर यो कुरा त्यतिबेला आयो जब कबोलेको रकम सांसदहरुले पाएनन् ।
एक सांसदले भने, ‘यति ठूलो रकम आएको रहेछ । हामीहरुलाई २५ लाख र ३० लाखमै बार्गेनिङ गरे । त्यो पनि दिएनन् ।’ कबोलेको रकम नपाएपछि सांसदहरुले नेता कार्यकर्तासँग यस्तै गुनासो पोख्न थालेका छन् । जसपामा सांसद किनबेचको विषय अहिले हट केक बनेको छ ।
‘हामीलाई सुरुमा पैसा दिन्छु भन्यो । अहिले पैसा पनि दिँदैन । अब हामी के गर्ने?’ एक अर्का सांसदले भने, ‘हामी त सैद्धान्तिक मान्छे । अलिअलि पैसा दिन्छ भनेर उता (उपेन्द्र)तिर लागेको लाग्यौ । चुनाव आउँदैछ । चुनाव खर्च पाइन्छ भनेर । तर अब पैसा पनि नदिने भयो । सिद्धान्तकै राजनीति गर्ने हो भने महन्थ ठाकुर नै ठिक छन् । कम्तीमा मधेस मुद्दा छोडेर सत्तामा त गएका छैनन् ।’
हालैमात्र एमाले युवा नेता महेश बस्नेतले जसपाका तीन सांसदलाई उपेन्द्र र बाबुरामले अपहरण गरेको दाबी गरेका छन् । अपहरण गरेका हुन् कि आर्थिक प्रलोभन दिएर विश्वासको मतको मतदानमा सहभागी हुन दिएनन् विस्तारै प्रष्ट हुँदै जाला । नेपालपाना


