मन्त्री परिषद बिस्तार हुने टुंगो , काङ्ग्रेस ७ मन्त्रालय पाउने
१९ गते असोज २०७८ मंगलबार । देउवा सरकारमा जानका लागि गठवन्धन दलहरुबीच मन्त्रालय र मन्त्रीको संख्याको विषयमा सहमति भएको छ । अहिले सम्म बिस्तार नभएको कारणले गठबन्धन सरकारको चर्को आलोचना भैइ रहेको थियो ।
सहमति अनुसार कांग्रेसले ७ , माओवादी केन्द्र, नेकपा (एकिकृत समाजवादी) र जसपाले ५÷५ वटा मन्त्रालय पाउने गरी सहमति भएको छ । मन्त्री बराबर पाउनुपर्ने अडाान राख्दै आएकोले ढिलाई भएको श्रोतको दावी छ ।
उच्च स्रोतका अनुसार कांग्रेसले स्वास्थ्य, संचार तथा सुचना प्रविधि र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लिने भएको छ ।
यस्तै माओवादी केन्द्रले भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी, कृषी तथा पशुपंक्षी विकास मन्त्रालय पाउने भएको छ ।
यता, नेकपा एसले संस्कृती पर्यटन तथा नागरिक उड्डयन, उद्योग वाणिज्य तथा आपूर्ति, शहरी विकास, यूवा तथा खेलकुद र रक्षा मन्त्रालय पाउने सहमति बनेको छ ।
यसैगरी जसपाले भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रसासन, वन तथा वातावरण, श्रम रोजगार तथा सामाजिक सुरक्षा र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय पाउने भएको छ ।
सो सहमतिलाई अन्तिम रुप दिएर मन्त्रालयको समेत भागबण्डा गर्ने विषयमा प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा अहिले सत्ता गठवन्धन आबद्ध शीर्ष नेताहरुको बैठक बसिरहेको छ ।
सबै विषयमा सहमति भए आज साँझसम्म वा ढिलामा भोली बुधबार नै मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी छ । तर,कुन पार्टीबाट को मन्त्री बन्ने भने पक्का भने भएको छैन ।


