महन्त ठोस निर्णय कार्यसमिति फेर बदल उपेन्द्र समूह कार्यवाहीमा को को ?
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का प्रथम अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादव पक्षका २० जनालाई हटाएर आफ्नो पक्षबाट २० जना राखेर कार्यकारिणी समितिमा हेरफेर गरेका छन् । गत पुस ७ गते बसेको कार्यकारिणी समितिको बैठकले दिएको कार्यकारिणी समिति हेरफेरको अधिकार प्रयोग गर्दै अध्यक्ष ठाकुरले धोकेबाजहरुलाई हटाएका हुन् ।
महन्थले पूर्वराजपाबाट आएर उपेन्द्रतिर लागेका महेन्द्रराय यादव सहितका ६ जनामाथि सुरुमै एक्सन लिएका छन् । जसमा महेन्द्रराय, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर साह, रामनरेश राय यादव, रमेशप्रसाद यादव, गज्जाधर रोहित यादव रहेका छन् ।
त्यसैगरी उपेन्द्र समूहका राजेन्द्रप्रसाद श्रेष्ठ, नवराज सुवेदी, युवराज कार्की, रकम चेम्जोङ, रेणुकुमारी यादव, लालबाबु राउत, गंगानारायण श्रेष्ठ, रनध्वज लिम्बु, डम्बर खतिवडा, प्रकाश अधिकारी, इस्तियाक राई, प्रशान्त सिंह, भक्तबहादुर शाह र विजय यादवलाई हटाएका छन् ।
५१ सदस्यीय कार्यकारिणी समितिमध्ये २० जना सदस्यलाई हटाएर आफ्नो तर्फबाट २० जनालाई सदस्यको रुपमा राखेका हुन् । हटाइएकामध्ये पूर्व राजपाका ६ जना रहेका छन् भने १४ जना पूर्व समाजवादीका रहेका छन् । नेपालपाना


