महिला जनमत संघ वार्ड स्तरिय समिति १५ सदस्यीय गठन
ज्योती हरिजनको अध्यक्षतामा १५ सदस्यीय महिला जनमत संघ वार्ड समिति गठन।


जनमत पार्टीको भातृ संगठन महिला जनमत संघ वार्ड गठन भएको छ । आजको कार्यक्रम बाँके जिल्ला सदस्य निलम तमोलीको अध्यक्षतमा भेला भई जिल्लामा १५ सदस्यीय समिति चयन गरिएको जानकारी जनमत पार्टीका नेता इरफान अहमद शेषले बताउनु भयो । नेतृ नसिमुन शेष तथा संगठन बिभाग प्रमुख रियाज अहमद शेषले प्रशिक्षण दिएका छन। आजको कार्यक्रममा स्वागत मन्तब्य बिके मधेशीले गरेका हुन । कार्यक्रम संचालन कार्य जनमत पार्टी बाँकेका युवा नेता तथा मुस्लिम जनमत संघ बाँकेका अध्यक्ष अब्दुल वाहिद शेषले गरेका थिए । कार्यक्रममा संगठन प्रमुख रियाज अहमद शेषले प्रशिक्षण गराएका थिए । त्यस्तै मन्तब्यकै क्रममा छेदन खटिक, पुष्पा हरिजन, रिता खटिक , सुबश तमोली , हिरा लाल तमोली निलम तमोली मन्तब्य राखेका थिए । संगठनको लक्ष्य , आगामी उद्देश्य , मुद्दा , संगठन निर्माण लगायतका विषयमा प्रकाश पार्ने कार्य जनमत पार्टीका केन्द्रीय नेता इरफान अहमद शेषले गरेका थिए, नेता शेषले बोल्ने क्रममा अब मधेशको गाउँगाउँमा घरघरमा कठित मधेशवादीको भन्डाफोर गर्ने कार्य अब महिलाहरुको भएको भनेका छन, उहाले अबको आउने चुनावबाट मधेशमा जनमतको बाक्लो उपस्थिति रहने समेत भनेका छन किन भने मधेसी जनतालाई मुर्ख बनाई खानेहरुको पहिचान मधेसी जनताले गरिसकेको समेत भनेका छन। महिला जनमतलाई अझ बिस्तार गरि घर घरमा पुर्याउने जिम्मेवारी अब महिला जनमत संघको भएको समेत भनेका छन, नेता शेषले चयन भएका सबै पदाधिकारीहरुलाई जनमत पार्टीको उद्देश्यलाई घर घर टोलटोलमा पुर्याउने निर्देशन दिइएका छन, आजको कार्यक्रम भेलाबाट अध्यक्षमा ज्योती हरिजनलाई सर्वसम्मतिले गरिएको छ, त्यस्तै अन्तरक्रिया तथा पार्टी प्रवेश कार्यक्रम रखिएका थिए १५ जनालाई सदस्य राख्ने सर्वसहमतिले निर्णय गरिएको छ, उपस्थितमा के.स. इरफान अहमद शेष के स नसिमुन शेष , बाँके जिल्ला संघगठन प्रमुख बिभाग रियाज अहमद शेष जिल्ला सदस्य सुबश तमोली ,हिरा लाल तमोली तिरथ खटिक छबिले खटिक बि के मधेश रिता खटिक हेमा खटिक, पुष्पा हरिजन,
निलम तमोली, शरदा तमोली , लगाएतका सदस्यहरु थिए। आजको कार्यक्रम पश्चात् विभिन्न पार्टी परित्याग गरि ४ दर्जन भन्दा बढि जनमत पार्टीमा प्रवेश गरेको जानकारी मुस्लिम जनमत संघका जिल्ला अध्यक्ष अब्दुल वाहिद शेष ले जनाएका छन, आजको कार्यक्रममा बोल्दै बाँके जिल्ला संगठन प्रमुख रियाज अहमद शेषले आउने चुनावमा जनमत एक नंबरको पार्टी बन्ने पक्का भएको ठोकुवा गरेका छन, त्यस्तै जनमत पार्टीका नेता इरफान अहमदले बोल्ने क्रममा जनमत पार्टी पहिलाको जस्तो मधेसवादी नभई सच्चा मधेसी जनताको पार्टी भएको भनेका छन।



