१२ आश्विन २०८३, सोमबार

महेन्द्रनगरमा बालमैत्री कोभिड अस्पतालको शिलान्यास

एसीपी संवाददाता

२५ श्रावण २०७८, सोमबार ०३:१२ मा प्रकाशित

कञ्चनपुरको महेन्द्रनगरमा बालमैत्री कोभिड अस्पतालको शिलान्यास गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा कोरोनाको तेस्रो लहरलाई मध्यनजर गर्दै त्यहाँस्थित महाकाली प्रादेशिक अस्पतालमा सुदूरपश्चिम प्रदेश सामाजिक विकासमन्त्री लालबहादुर खड्काले आइतबार अस्पतालको शिलान्यास गरे सो अवसरमा उनले महाकाली, सेती र टीकापुर अस्पतालमा स्वास्थ्य सुविधा थप गर्नुका साथै संरचना निर्माण र उपकरणका निम्ति प्रदेश सरकार अग्रसर रहेको जानकारी दिए ।

‘सात पहाडी जिल्लामा पनि अस्पतालको उपकरण थप गर्नेदेखि महामारीलाई लक्षित गरी सेवासुविधा थप गर्ने काम अघि बढेको छ’, उनले भने, ‘सघन उपचार कक्ष, भेन्टिलेटरलगायतका सुविधा पनि थपिँदैछन् ।

‘कोरोनामा तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुनसक्ने आँकलन गरिएका बेला प्रदेश सरकारले भने यहाँका नौ वटै जिल्लामा बालमैत्री श्यया बनाउने र सबै जिल्लामा अक्सिजन प्लान्ट स्थापनाको तयारी अघि बढाएको छ ।

मन्त्रालयका अनुसार प्रत्येक पहाडी जिल्लामा अस्पतालमा १० श्यया र तराईको धनगढी, महेन्द्रनगर र टीकापुरमा ४० देखि ५० श्ययाको बालमैत्री श्यया थप गर्न लागिएको हो । अस्पतालमा रु ९१ लाखका ठेक्का सम्झौता भई निर्माणको थालनी भएको महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हरिकुमार श्रेष्ठले जानकारी दिए ।

‘यहाँ ४० देखि ५० श्याको अस्पताल बन्नेछ’, उनले भने, ‘उक्त अस्पताल निर्माणका लागि ४५ दिनको समय निर्माण कम्पनीलाई दिइएको छ ।’

यसअघि पनि प्रदेश सरकारको सहयोगमा अस्पतालमा ५० श्याको कोभिड अस्पताल बनेको थियो । त्यसैगरी पछिल्लो केही दिनयता यहाँ अस्पतालमा कोरोना संक्रमित बढ्न थालेका छन् ।

महाकाली अस्पतालमा हाल आठ जना संक्रमितको उपचार भइरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x