माओवादी केन्द्रका नेता श्रेष्ठले बताए एमसीसी पास हुने मन्त्र
२० गते कात्तिक २०७८ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन ( एमसीसी ) संशोधन गरेर मात्रै पास हुने बताएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीको पार्टी अध्यक्षको नाम जोडेर एमसीसीका सन्दर्भमा हस्ताक्षर गरेर पठाइएको भनेपछि शुक्रबार फेसबुकमार्फत नेता श्रेष्ठले संधोधनबिना एमसीसी पारित नहुने पार्टीको ठोस धारणा रहेको बताएका छन् ।
नेता श्रेष्ठका अनुसार देशको राष्ट्रिय सार्वभौमिकता ,स्वाभिमान एवं राष्ट्रिय हित विपरीतका प्रावधानहरु सच्याइएपछि मात्रै एमसीसी पारित गर्न अग्रसर भइनेछ । यदि राष्ट्रिय हित विपरीतका प्रावधानहरु यथावतै राखेर एमसीसी सम्झौता नहुने नेताले श्रेष्ठले बताए ।
नेता श्रेष्ठले सामाजिक सञ्जा फेसबुकमार्फत् भनेका छन्, ‘नेपालको राष्ट्रिय सार्वभौमिकता ,स्वाभिमान एवं राष्ट्रिय हित विपरीतका प्रावधानहरु नसच्याइ यथास्थितिमा एमसीसी परियोजना नेपालले स्वीकार गर्न सक्दैन र संसदबाट पारित गर्न सकिन्न । यो नै हाम्रो पार्टी नेकपा नेकपा माओवादी केन्द्रको आधिकारिक निर्णय र धारणा हो।’


