१२ मंसिर २०८३, शुक्रबार

माधव नेपाललाई ठुलो झडका एमालेमा फिर्ता हुँदै नेताहरू

एसीपी संवाददाता

९ कार्तिक २०७८, मंगलवार ०४:२८ मा प्रकाशित

९ गते कात्तिक २०७८ । नेकपा एमालेबाट विभाजित भई दर्ता गरिएको नेकपा एकीकृत समाजवादी (एस) पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई ठूलो धक्का लागेको छ ।

एमालेबाट नेताकार्यकर्ता प्रवेश गराई पार्टी बलियो बनाउनुपर्ने बेलामा उल्टै अध्यक्ष नेपालको पार्टीबाट नेताहरू एमालेमा फिर्ता हुन थालेका छन् ।
नेकपा एस निकट युवासंघका केन्द्रीय सचिव उपेन्द्र शाही एमालेमै फर्किएका छन् । उनी दैलेखको दुल्लु नगरपालिका–१० का स्थानीय वासिन्दा हुन् ।

पार्टी विभाजनका बेला हुलमुलमा परेका कारण अर्को पार्टीमा लागेपनि भित्री राजनीति बुझेपछि मूल पार्टीमा फर्किएको शाहीले स्पष्ट पारेका छन् ।

एस पार्टीको दैलेखस्थित आठबीस नगर कमिटीका अध्यक्ष छत्र माझी एमालेमै फर्किएका छन् । एक प्रेस विज्ञप्ति जारी गर्दै माझीले समाजवादी पार्टीको नेतृत्वमा वर्गीय आन्दोलन सफल नहुने भएकाले मूलघरमै फर्किएको जनाएका छन् । माझीले आगामी दिनमा एमालेमा निष्ठावान रहँदै काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

भैरवी गाउँ कमिटीको सचिव पदमा मनोनित भएका तिलकप्रसाद जैसीले समेत समाजवादी त्यागेर एमालेमा समाहित भएको बताए । जैसीले आफू राजनीतिक कारणले पार्टी विभाजनको समयमा समाजवादीमा लागेको बताउँदै आगामी दिनमा एमालेको पूर्ववत् जिम्मेवारीमा फर्कंदै काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

साविक भैरवी गाविस–१ बाट एमालेको उम्मेदवार बनेर २०५४ सालमा वडाध्यक्ष जितेका राजाराम जैसीले समेत मूलघरै फर्किएको जनाएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x