१२ आश्विन २०८३, सोमबार

मेडिकल कलेज शिक्षण अस्पतालको विवाद समाधान गर्न प्रयास शुरु

एसीपी संवाददाता

१० कार्तिक २०७८, बुधबार ०५:३४ मा प्रकाशित

१० गते कात्तिक २०७८ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको विवाद समाधान गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्धारा गठित मध्यस्थता समितिले आजदेखि काम थाल्ने भएको छ ।

मन्त्रालयका उपसचिव भोलानाथ गुरागाइँको संयोजकत्वमा गठित तीन सदस्यिय समितिले अस्पतालमा आन्दोलनरत कर्मचारी र व्यवस्थापनपक्षसँग छुट्टाछुट्टै तथा सामुहिकरुपमा छलफल गर्ने भएको छ ।

त्यसका लागि समितिका संयोजक गुरागाइँ आज विहानको उडानमार्फत् काठमाडौंबाट नेपालगन्ज आउन लाग्नुभएको बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले जानकारी दिनुभयो ।

शिक्षण अस्पतालका झन्डै ११ सय कर्मचारी सात बुँदे माग राखेर कार्तिक एक गतदेखि आन्दोलन गरिरहेका छन् । उनीहरुले इमरजेन्सीबाहेक अन्य सवै सेवा ठप्प पारेका छन् ।

उनीहरुले पाँच वर्षदेखि रोकिएको तलबभत्ता वृद्धि, दरबन्दी सिर्जना, पदपूर्ति र बढुवा गर्नुपर्ने, सामाजिक सुरक्षा कोष, उपदान, वीमा र स्वास्थ्य उपचार खर्च एवं सेवा सुविधा वृद्धि हुनुपर्ने, हाजिर र विदा थप व्यवस्थित हुनुपर्नेलगायतका माग राखेका छन् ।

अस्पताल व्यवस्थापन पक्षले भने आर्थिक व्यवभार थपिने कुनै पनि माग पूरा गर्न नसकिने स्पष्ट पारिसकेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x