३ श्रावण २०८३, आईतवार

३ जना सवारी बोकेको र हेल्मेट न लगाएर उच्छृङ्खल कार्य सलग्न १ सय ६ मोटसाईकिल पक्राउ

एसीपी संवाददाता

२ श्रावण २०८१, बुधबार १२:११ मा प्रकाशित

बाँके नेपालगंज उपमहानागरपालिका भित्र मुस्लिम समुदायको मोहर्रम पर्वमा मोटरसाइकल मा ३ जना सवारी बोकेको र हेल्मेट न लगाएरा उच्छृङ्खल क्रियाकलाप गर्नेमाथि जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले निगरानी समेत बढाएको छ । मोहर्रम पर्व को ९ दिनमा जिल्ला ट्राफिक प्रहरी र वडा प्रहरीले मोटरसाइकल मा ३ जना सवारी बोकेको र हेल्मेट न लगाएको १०६ वाटा मोटरसाइकल समातिएका छ ।

चाडपर्वको नाममा उच्छृङ्खलता प्रदर्शन गर्नेलाई बाँके प्रहरीले कारवाही गरेको छ । होल्ड गरिएका १०६ मध्ये ८८ जनाले ५ सयदेखी हजार रुपैयाँसम्मको जरिवाना तिरेर मोटरसाइकल लगिसकेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय बाँकेले मुस्लिम समुदायको मोहर्रम पर्वमा कुनैपनि प्रकारको उच्छृङखल व्यवहार नगर्न, घरेलु हतियार लिएर नहिँड्न तथा सदभाव बिथोल्ने कुनैपनि गतिविधि नगर्न आग्रह गरेपछि जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय एक्शनमा उत्रिएका छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x