२८ बैशाख २०८३, सोमबार
मोहमद आदिल आलमको प्रतिबन्ध फुकुवा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने
काठमाण्डौ — नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट खेलाडी मोहमद आदिल आलममाथि लागेका स्पट फिक्सिङ सम्बन्धी प्रतिबन्ध फुकुवा गरेको छ।
क्यानले सोमबार जारी गरेको सूचनामा उल्लेख भएअनुसार, मिति २०७९ मंसिर ९ देखि २७ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा आयोजना गरिएको नेपाल टी–२० क्रिकेट लिग प्रतियोगिता दौरान स्पट फिक्सिङको आरोप लागेका आलममाथि Anti-Corruption Code बमोजिम प्रतिबन्ध लगाइएको थियो।
हाल क्यानको Integrity Committee ले आवश्यक अनुसन्धान र प्रक्रिया पुरा गरी प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ। सोही निर्णयका आधारमा मिति २०८२ बैशाख २१ गतेदेखि मोहमद आदिल आलम पुनः राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन योग्य भएका छन्।
Subscribe
Login
0 Comments



