२५ श्रावण २०८३, सोमबार

राष्ट्रिय स्तनपान सप्ताह २०८३: “आमालाई सशक्त बनाउँदै, स्वस्थ भविष्यको बलियो आधार निर्माण”

एसीपी संवाददाता

२५ श्रावण २०८३, सोमबार ०९:४५ मा प्रकाशित

राष्ट्रिय स्तनपान सप्तााह २०८३ ” 

Nutrition for Life Project अन्तर्गत बाँके युनेस्को क्लब (BUC) ले Helen Keller International Nepal (HKI Nepal) को साझेदारी तथा बाँके जिल्लाका बैजनाथ गाउँपालिका, कोहलपुर नगरपालिका, नेपालगञ्ज उपमहानगरपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थासँगको समन्वय र सहकार्यमा राष्ट्रिय स्तनपान सप्ताह (१–७ अगस्ट) को अवसरमा स्तनपान परामर्श तथा जनचेतनामूलक कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरेको छ।

कार्यक्रममा बालबालिकाको जीवनको अत्यन्त महत्वपूर्ण चरण मानिने सुनौला १,००० दिन अवधिका आमा तथा हेरचाहकर्ताहरूको सहभागिता रहेको थियो। सम्बन्धित स्वास्थ्य संस्थाका नर्सिङ कर्मचारी तथा Nutrition for Life Project का पोषण सहजकर्ताहरूले स्तनपानको महत्व, जन्मेको एक घण्टाभित्र स्तनपान गराउने अभ्यास, शिशु जन्मेको पहिलो ६ महिनासम्म पूर्ण स्तनपान, शिशु ६ महिना पुरा भए पश्चात पनि कम्तिमा २ बर्ष सम्म थप खानाको साथै स्तनपानको निरन्तरता, स्तनपानको सही आसन तथा सम्पर्क, मायाको अंगालो/कङ्गारु मदर केयर (KMC), स्तनपानको Responsive Feeding तथा स्तनपानका क्रममा देखिन सक्ने सामान्य चुनौतीहरूको पहिचान र समाधानका विषयमा व्यावहारिक तथा सहभागितामूलक परामर्श प्रदान गरेका थिए।

कार्यक्रमलाई केवल सूचना आदान–प्रदानमा सीमित नराखी व्यावहारिक सिकाइ, सक्रिय सहभागिता र आमाहरूको आत्मविश्वास अभिवृद्धिमा विशेष जोड दिइएको थियो। स्तनपानसम्बन्धी नमुना सामग्री, फ्लिपचार्ट तथा अन्य दृश्य सञ्चार सामग्रीको प्रयोग गरी प्रदर्शनात्मक तथा अन्तरक्रियात्मक सिकाइलाई प्राथमिकता दिइएको थियो। आमाहरू तथा हेरचाहकर्ताहरूलाई आफ्ना अनुभवहरू साझा गर्न, जिज्ञासा राख्न, सामना गरिरहेका चुनौतीहरूबारे छलफल गर्न तथा प्रशिक्षित स्वास्थ्यकर्मीहरूसँग मिलेर व्यवहारिक समाधान खोज्न प्रोत्साहित गरिएको थियो।
राष्ट्रिय स्तनपान सप्ताहका अवसरमा सञ्चालन गरिएका यी गतिविधिहरूको सफलताले स्वास्थ्य संस्था, समुदाय, स्वास्थ्यकर्मी तथा विकास साझेदारहरूबीचको समन्वय र सहकार्य मातृ तथा बाल पोषण सुधारका लागि कति महत्वपूर्ण छ भन्ने कुरालाई थप उजागर गरेको छ। स्वास्थ्यकर्मी र समुदायलाई एउटै साझा सिकाइ तथा संवादको मञ्चमा जोड्दै सञ्चालन गरिएका यी कार्यक्रमहरूले आमाहरूको ज्ञान, आत्मविश्वास र व्यवहारिक सीप अभिवृद्धि गर्दै शिशुको उचित पोषण, वृद्धि तथा विकासका लागि उचित र सही निर्णय लिन सक्षम बनाउन योगदान पुर्‍याएका छन्।
स्तनपान केवल पोषण मात्र होइन यो शिशुको स्वस्थ जीवन, समुचित विकास र उज्ज्वल भविष्यको लागी गरिएको महत्वपूर्ण लगानी हो।

आज स्तनपानलाई प्रोत्साहन गरौँ, आमालाई सशक्त बनाऔँ र भोलिका स्वस्थ तथा सक्षम पुस्ताको बलियो आधार निर्माण गरौँ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x