२ श्रावण २०८३, शनिबार

रक्तसंचार सेवामा योगदान दिने ३९ जना उत्कृष्ठ रक्तदातालाई रेडक्रसको आजीवन सदस्यता प्रदान

एसीपी संवाददाता

१२ श्रावण २०८१, शनिबार १६:३९ मा प्रकाशित

नेपाल रेडक्रस बाँकेका सभापति गोर्वधन सिहं सम्झनाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रेडक्रसका पूर्व केन्द्रीय उपाध्यक्ष अजित शर्माले भन्नुभयो, २५ देखि १०० पटक सम्म रक्तदान गर्ने रक्तदाताहरुलाई आजीवन सदस्य प्रदान गरी सम्मान गरिएको बताउदै उहाँले भन्नुभयो, रक्तदाताहरु र संघसंस्थाको सहयोगप्रति आज म आभार व्यक्त गर्न चाहान्छु । विपदको समयमा रक्तसञ्चार सेवा प्रभावित भएपनि रक्तदाता र रक्तसंचार सेवा सँग सम्वद्ध संघसंस्थाको सहयोगमा जोखिम न्यूनीकरणमा ध्यान दिँदै सेवा प्रवाह गरिएको भन्दै रक्तदाताहरुलाई बधाई दिनु भएको थियो ।

केन्द्रीय उपाध्यक्ष शर्माले नेपालमा एक प्रतिशत मात्रै नियमित रक्तदान हुने हो भने पनि रगतको अभावको अवस्था सृजना नहुने बताउनु भयो । उहाँले रगत नपाएर बाँकेमा हाल सम्म कसैको ज्यान नगएको दाबी गर्दै भन्नुभयो, रक्तदान गर्नेहरुको संख्या दिन प्रतिदिन बढी रहेकोले आउने दिनहरुमा पनि रगतको अभावमा कसैले अकालमा ज्यान नगुमाउने बताउनु भएको थियो

स्वयंसेवी रक्तदाता समाज बाँकेका अध्यक्ष दिला शाहले रक्तसञ्चार सेवा केन्द्रले जस्तोसुकै विपद् तथा महामारीको समयमा पनि रगतको सहज व्यवस्थापनका लागि गरेको पहल प्रशंसनीय रहेको बताउदै बाँके लगायत पश्चिम नेपालमा महिला रक्तदाताहरुको संख्यमा बृद्धि गरी अगाडि बढने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

रेडक्रसले मूलभूतरूपमा मानवता, निष्पक्षता, तटस्थता, स्वाधिनता, स्वयंसेवा, एकता र विश्वव्यापकता जस्ता सात आधारभूत सिद्धान्तद्वारा निर्देशित भई सेवा गर्दै आएको रेडक्रसका सभापति गोर्वधनसिंह सम्झनाले बताउनु भएको थियो । उहाँले जीवनपर्यन्त रगतको आवश्यक पर्ने बिरामीलाई रगत र प्लाज्मा दान गरेर सहयोग गर्न हरेक व्यक्तिले भूमिका खेल्न जरुरी रहेको बताउदै भन्नुभयो, अब नगरमा मात्र सिमित नभई ग्रामीण भेगका यूवाहरुलाई रक्तदान गर्ने उत्प्रेरणा मूलक कार्यक्रम गर्न रक्त संचार समितिलाई निर्देशन दिनु भयो ।

कार्यक्रम एक सय पटक रक्तदान गरेको भन्दै संचारकर्मी पवन जैसवाललाई रेडक्रस बाँके शाखाले कदर पत्र प्रदान गरी सम्मान गरेको थियो । सम्मान पाए पछि पवन जैयसवालले भन्नुभयो, रक्तदान गरेर आफनो शरिरलाई स्वस्थ बनाउन सकिनुका साथै अरुको ज्यान बचाउन समेत सकिने भएकोले रक्तदान अनिवार्य गर्न आग्रह गर्नु भएको थियो ।

नेपाल रेडक्रस सोसाइटी बाँकेका अध्यक्ष गोर्वधन सिंह सम्झनाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रेडक्रसका पूर्व केन्द्रीय उपाध्यक्ष अजित शर्मा, रेडक्रस अभियान्ता सनद रेग्मी, मिल बहादुर मल्ल, स्वास्थ्य सेवा समिति बाँकेका सदस्य आलम खान, रश्मी श्रेष्ठ, रुपन ज्ञवाली, नेरेसो जिल्ला शाखा र उपशाखा कार्यसमितिका पदाधिकारी, सदस्य, कर्मचारी र स्वयंसेवी रक्तदाताहरुको सहभागिता रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x