१२ मंसिर २०८३, शुक्रबार

राजनीतिमा अपराधिकरण हुदै 

ओम आचार्य

२३ असार २०८१, शनिबार ०७:५८ मा प्रकाशित<

 ओम आचार्य
राजनीतिमा त त्यसै पनि अपराधिकरण त हुन्छ नै ! नेपालको राजनीतिमा मात्रै हैन छिमेकी राष्ट्र भारत देखी विस्वमा सबै तिर राजनीतिक अपराधिकरण बडेको छ ! राजनीति देखी आर्थिक सामाजिक सास्कृतिक सबै तिर यस्तो अपराध बडेको छ! आर्थिक सामाजिक सास्कृतिक अपराधको जननी नै राजनीति हो !राजनीतिबाट नै यस्ता अपराधहरु जन्मन्छन! राजनीतिमा अपराध जन्माउने चै राजनीतिक दल र त्यो दल भित्र रहेका भ्रष्ट नेताहरु नै हुन ! उनिहरुको भ्रष्ट आचरण र चरित्रले यस्ता अपराध जन्मन्छ!यसो भनिरहदा राजनीति दल भित्र रहेका निष्ठावान गुृणवान चारित्रिक रुपबाट निष्कलंक रहेकाहरु चै आफ्ना दल भित्र रहेका त्यस्ता भ्रष्ट खराब आचरण भएकाहरुमा विरोध असहमती राखछन!विरोध र असहमती राख्ने विरुध्द त्यहीबाट सुरु हुन्छ सबै भन्दा पहिला आफ्नै दल भित्र राजनीति अपराध! यस्तो अपराध काग्रेसमा, एमाले र माओवादी दल भित्र त छदै छ ! नयाँ दल वनेका दल भित्र पनि यस्तो खालको राजनीति अपराध झन बडदो छ!
गणतन्त्र आएपछी आफ्नै दल भित्र रहेका नेताहरु माथि यस्तो राजनैतिक अपराध झन हुदै गरेको छ ! यसमा सबै भन्दा बडी राजनीतिक अपराधको शिकार हुने दलमा माओवादी र एमाले भित्र हुने गरेको छ! एमाले भित्रबाट यस्तो राजनीतिक अपराधको उत्पिडनमा पर्ने माधव नेपाल ,झलनाथ खनाल ,घनास्याम भुसाल लगायत थुप्रे नेताहरु पर्छन ! यो अपराधको पिडाले उनिहरुले पाटी नै त्याग गरेर अर्को पाटी खोलेर वस्नु पर्ने अवस्था भयो ! भिम रावल पनि यो राजनीतिक अपराधको शिकार भएकाछन ! उ दल भित्रै रहेर आफ्ने अस्मिताको लडाइमा छन!
माओवादी दल भित्र पनि यस्तै अवस्था विधमान छ! बाबुराम भट्टराइ यस्तै पाटी भित्रको राजनीतिक अपराधले पाटी त्यग्नु परेको छ भने बादल ले पनि पाटी त्याग गरि एमालेमा प्रवेश गरे अरु पनि माओवादी भित्र यस्तो राजनीतिक अपराधको शिकार भएर पाटी छोडेर गएका छन!
नेपाली काग्रेसमा गणतन्त्र पुर्व यस्तै कारणले देउवा पार्टी  त्याग गरि नयाँ पाटी खडा गरेर वसे तथापी उनि आफ्नै मातृ पाटी फर्के र अहिले उनै पाटी सभापति छन ! तर गणतन्त्र आएपछी अन्य दलमा जस्तो राजनीतिक अपराध र उत्पिडनमा परेर पाटी छोडने र त्याग्ने नेपाली काग्रेसमा भने देखिएको छैन ! विचारमा असहति हुदा पनि विचार विमर्श उन्मुक्त हुने गर्दा त्यस्तो रोग काग्रेस देखिएन!
राजनीतिक दलहरु भित्र यस्तो परिस्थिती र अवस्था विकास भइरहेको हुदा राजनीतिक दलहरु भित्र राजनीतिक अपराध ,राजनीतिक उत्पिडन, मानसिक तनावका शिकार भएकाहरु आफ्नो मातृदल छाडेर अर्को दल खडा गर्ने परिस्थितीमा पुग्न थालेका छन !यो नै पहिलो राजनीतिक अपराध हो ! यस्तो अपराधको शिकार मा पुर्व प्रधानमन्त्री समेत भैसकेकाहरु समेत छन ! चाहे काग्रेस होस या एमाले होस चाहे माओवादीहोस उनिहरुको राजनीतिक अपराधको सिकार ति दलहरु भित्र रहेका निष्ठावान र जन आधार भएका नेताहरु समेत परेकाछन ! उनिहरुको उपस्थिती त्यस्ता भष्ट्र
र खराव आचरण भएकाहरुलाइ दल भित्र बाधक ठानिन्छ र राजनीतिक अपराधको शिकार वन्छन!
दल भित्रको राजनीतिक अपराध पछी अपराध सुरु हुन्छ देशको सिंगो राजनीतिमा ! त्यतिखेर सबै दल एक भएर देशलाइ राजनीतिक अपराधको शिकार वनाउछन!
राजनीतिक अपराध त झन यो गठवन्धन को सरकार वन्न थाले देखी चरममा पुग्न थालेको छ! राजनीतिक दलहरुले पटक पटक गठवन्धन गर्नु पनि राजनीतिक अपराध नै हो ! लिखित दस्तावेज र सहमति विरुध्द गर्ने गरिएको गठवन्धन राजनीतिक दलको राष्च्ट्र र जनता विरुध्द गरेके ठुलै अपराध हो ! यो अपराध हाक्का हाक्की र गर्वका साथ रजनीतिक दलले गर्ने गरेका छन!यौटा दलले गरेको अपराध वर्तमान गठवन्धन ले प्रकाश मा ल्याउने हो भने भोली अर्को गठवन्धन वन्दा पुन आफु त्यो राजनीतिकअपराधको शिकार हुने कारणबाट नै गठवन्धन को सरकार रहुन्जेल कुनै पनि राजनतिक दलले गरेको अपराध बाहिर आउदैन ! अहिले सम्मको गठवन्धन को अभ्यास ले यही देखाएको छ!
राजनीतिक दलले गरेको अपराधको शिकार चै कर्मचारी भएकाछन ! राजनीतिक दलको निर्देशन आदेशबाट संचालित हुने कर्मचारी अहिले सबैभन्दा पिडित देखिएका छन ! यस्मा कनिष्ठ देखी उच्च ओहोदा सम्मका यो राजनीतिक दलको अपराधमा मुछिएकाछन !
डा. शेखर कोइरालाले अहिले भन्न थाल्नु भएको छ”  सरकार
अपराधिकरण तर्फ बड्दै छ” यही तथ्यलाइ देखेर बुजेर भनेका हुन सायद! 
डा. शेखरले यसो भनिरहदा सबै दल भित्रको राजनीतिक अपराध पनि यसै भित्र समेटिएको छ! किन भने अहिले देशमा गठवन्धनको सरकार छ र त्यसमा सबै दल ले पालै पालो  सरकारको नेतृत्व गर्न पाएका छन ! सरकार यस मानेमा अपराध मार्गमा छ!र सबै दल यस आवरण भित्र पर्छन!
प्राय सबै गठवन्धनको सरकार विरुध्दमा जो विपक्षमा रहेका दल छन तिनिहरुले भष्ट्रचार अनियमितता विधान संगत नभएका कार्यहरुको जोडदार विरोध र संसद सम्म अवरुध्द गरेर सरकारलाइ घुडा टेकाउने सम्म गरेको देखिदा अव मुलुकमा केही हुन्छकी भन्ने विचार जनसमुदायले वनाउन नपाउदै पुन गठवन्धन को सरकार र विपक्षमा रहेका दल यौटा समीति वनाएर त्यो विसयलाइ विना निष्कर्ष पुर्ण विराम दिने प्रचलन गणतन्त्र स्थापना भए देखी बडेर गएको छ!
सात दलले मुलुक चलाउदा यस्तो धेरै अपराध भएको छ! त्यतिखेर सात दलले जे गरे पनि कानुन बन्ने परिस्थिती थियो! त्यो परिस्थिती यौटा वाध्यताकारी परिस्थिती थियो भनेर जनताले चित्त बुझाए का थिए संविधान नवनुन्जेल !
तर अहिले पनि त्यही परिस्थिती मा मुलुक चल्दै छ ! त्यही सात  दलले मुलुक चलाएको हेंग ओभर अहिले पनि सबै गठवन्धन सरकारमा देखिएको छ! संविधान विपरीत गठवन्धन सरकारको निर्णय गर्ने गरेको छ! लाग्छ मुलुकमा संविधान छैन दलहरु मिले सबै हुन्छ! यही मान्यता र विचार वोकेर गठवन्धन को सरकार सरकार संन्चालनमा सक्रिय छ!
कार्यपालिकाको मनपरी निर्णयले गर्दा पर्त्येक निर्णय अदालत पुग्ने गरेको छ ! सरकार अपराध गर्दै जाने अदालतले रोक्दै जाने परिस्थिती वनेको ले मुलुक अदालतले चलाइ रहेको छ
जस्तो भएको छ!
                      भर्खरै मुख्य सचिव निलम्बन हुनु पनि राजनीतिक दलकै अपराधीकरण नै हो ! तेत्तिस किलो सुन काण्ड, एक क्विन्टल सुन काण्ड ,नक्कली भुटानि शरणार्थी काण्ड, वालुवाटार जग्गा काण्ड, गिरीबन्धु टि स्टेट, ओम्नी प्रकरण,वाइड वडी प्रकरण,लगायत जति पनि देशमा भ्रष्टचार भएका छन ति सबै राजनीतिक दलबाट र ति दलले  गरेको सरकारको नेतृत्वबाट नै भएको हो भन्नु पर्ने हुन्छ!
राजनीतिक दल र सरकार संग नजिक सम्बन्ध वनाएका कर्मचारी व्यवसाही उधोगपतिहरुलाइ नै सरकार र राजनीतिक दलले आफ्नो स्वार्थ अनुरुप उपयोग प्रयोगमा ल्याएर सबै खाले भ्रष्टचार .अपराध तस्करी भए गरेको देखिदा मुलुकमा यस्तो गठवन्धन को सरकार रहुन्जेल राजनीतिक अपराध भइरहन्छ!
अहिले देशमा गठवन्धनको सरकार वन्ने र वनाउने संस्कार विकसित भइरहेके हुदा यस्तो सरकार अहिले सम्म स्थिर हुन सकेको छैन !दुृइ चार महिनामै अर्को गठवन्धन को सरकार निर्माण हुने प्रवृती कै कारण कसैले पनि राजनीतिक अपराधको , भ्रष्ट्रचारको र मुलुकमा भइरहेको अनियमितता को छानविन गरी निष्कर्षमा पुर्याउन  सकेका छैनन !यस्को कारण भोली अर्को गठवन्धन को सरकार वन्दा आफु पनि त्यस्को शिकार वन्ने भय र त्रासले यस्तो अपराधको छानविन गरी दोषी माथि कार्वाही हुन नसकेको विगत र वर्तमान सरकारको संरचना ले देखिन्छ!
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x