रुपालाई बोक्नेहरु युरोपियन युनियनसँग आबद्ध जातीय बिवाद खडा गराउदै
काठमाडौं । दलित अभियन्ता रुपा सुनार रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेकी छन् । जातका कारण कोठा नदिएको निहुँमा नेवारक घरबेटी सरस्वती प्रधानलाई जसरी पनि जेल हालिछाड्ने अडानमा रुपा अदालत पुगेकी छन् ।
रुपाले नेवार समुदायकै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई पनि निशाना बनाएकी छन् । मुद्दामा सरकारी वकिल कार्यालय र महानगरीय प्रहरी कार्यालयलाई पनि विपक्षी बनाएकी छन् ।
नेवार समुदायकी घरबेटी प्रधानले सोझो भएर कुरा गर्दा रुपाले त्यसलाई विभेदसँग जोडेर बदलाको भावमा लिएकी छन् । मुद्दा मामिलामा उत्रिएकी छन् । सिंगो नेवार समुदायलाई नै सबक सिकाउँछु भनेर रुपा मुद्दा मामिलामा उत्रिएकी छन् ।
यस्तोमा रुपालाई बोक्नेहरु जति युरोपियन युनियनसँग जोडिएका संस्थामा आबद्ध भएका छन् । प्रहरीमा, मानव अधिकार आयोगमा गएर जात मुद्दा नचर्किएपछि रुपा अदालत पुगेकी छन् ।
अदालतका एक कर्मचारी आइतवार भन्दै थिए, ‘जातीय द्वन्व् भड्काउन पनि अदालतै आउनुपर्ने?’ हुन पनि सानो मुद्दालाई लिएर अदालत धाउने उनको कदमले यसको पछाडिको मक्सद के हो प्रष्टै हुन्छ ।
अझ उनलाई अदालतमा सघाउने पनि युरोपियन युनियन निकट मान्छेहरु नै थिए । अधिवक्ता शैलेन्द्र अम्बेडकर, मोहना अन्सारीहरु रुपाका सहयोगी वकिल हुन् । अस्ति अदालतमा रिट दर्ता गराउँदा यिनीहरु नै सक्रिय थिए ।
रिट दर्तापछि अधिवक्ता अम्बेडकरले लेखेका छन्, ‘धेरै मिहनेत र संघर्ष पछी आज रुपा सुनारको रिट सर्बोच्च अदालतमा दर्ता भएको छ | रिटमा कृष्णगोपाल श्रेष्ठ, शिक्षा मन्त्री, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं, महानगरीय प्रहरी परिसर र घरबेटी बिरुद्ध मुद्दा दायर गरिएको हो | मुद्दाको भोलीनै पेशी तोकिएको छ | मुद्दा दर्ता गर्न रिट निवेदक रुपा सुनारआफै सर्बोच्च अदालत पुगेकी थिइन् ।’
अम्बेडकर प्रदेश दुईका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा निकट व्यक्ति हुन् । झा नेपालमा युरोपियन युनियनका खास मान्छे हुन् । उनले इयुबाट धेरै प्रोजेक्ट मधेसमा लगेका थिए । जसमा सरी क्याम्पेन गर्दा लखेटिएका थिए । रुपा प्रकरणमा उनी झा सक्रिय छन् । यस्तो बेला उनी निकट अधिवक्ता रुपाको सहयोगी बनेका छन् । अधिवक्ता मोहना अन्सारीको त पश्चिममाहरुसँगको निकट सम्बन्ध सबैलाई जानकारी भएको विषय नै हो ।
प्रहरीमा ३ दिन घरबेटी सरस्वतीलाई जेल हालेपछि प्रमाण नपुगेर रिहा हुँदा रुपालाई असह्य भयो । बाहिरी फण्डबाट चलेका दलित अभियन्तालाई त झन एजेण्डा नै सेलाउने चिन्ता भयो । त्यसपछि माधव अधिकार आयोग गए । त्यसलाई ठाउँको ठाउँ सरस्वतीले काउन्टर दिइन् । उनी पनि आफ्नो मानव अधिकार हनन भएको भन्दै आयोग पुगिन् । आयोगको चक्करले पनि पार नलागेपछि अहिले रुपा अदालत पुगेकी छन् । उनलाई उचाल्नेहरु पनि अदालतमा ईयु निकट वकिल नै देखिएका छन् । अब यो मुद्दा उचाल्ने युरोपियन युनियनको योजनामा अदालतले ब्रेक लगाउँछ कि सघाउँछ हेर्न बाँकी छ । नेपालपाना


