१३ आश्विन २०८३, मंगलवार

रुसमा ३९ हजार जनामा कोरोना संक्रमण , कोरोना उत्पति बारेमा बिश्व किन मौन

एसीपी संवाददाता

२३ कार्तिक २०७८, मंगलवार ११:५७ मा प्रकाशित

२३ गते कात्तिक २०७८ । कुनै वुहानमा आतंक मच्चाउन शुरु गरेको कोरोना संक्रमण अहिले पनि विभिन्न देश आतंक मचाईरहेको छ । चीनको ईन्स्टिच्यु ल्याब बाट शुरु भएको आरोप झेल्दै कोरोना संक्रमणको उत्पत्ति अहिले पनि रहस्यमय छ । यसै बिच रुसमा गएको २४ घण्टामा ३९ हजार बढी नागरिकमा कोरोनाको संक्रमण देखिएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन ।
साथै यो अवधिमा यहाँ ११ सय ७९ जनाको ज्यान गएको छ । सरकारी तथ्यांकअनुसार करिब ८८ लाख मानिसमा यस्तो संक्रमण देखिएको छ । रुसमा अहिलेसम्म २ लाख ४६ हजार ८ जनाको ज्यान गएको छ ।

रुसमा कोरोना भाइरसबाट हुने मृत्युदर २ दशमलव ८१ प्रतिशत रहेको समाचारमा जनाइएको छ । राजधानी मस्को सहरमा पछिल्लो २४ घण्टामा करिब पाँच हजार जनामा सङ्क्रमण देखिएको छ ।
यसैगरी जापानमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या शून्यमा झरेको छ । स्थानीय सञ्चारमाध्यमले दिएको जानकारीअनुसार आइतबार कोभिड–१९ संक्रमणको कारण मृत्यु हुनेको संख्या शून्यमा पुगेको हो ।
सन २०२० पछि पहिलोपटक जापानमा कोभिड–१९ संक्रमणबाट मृत्यु हुनेको संख्या शून्यमा झरेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x