१२ मंसिर २०८३, शुक्रबार

लागूऔषधसहित एक जना महिला पक्राउ

एसीपी संवाददाता

८ भाद्र २०७८, मंगलवार ०४:१० मा प्रकाशित

नेपालगन्ज । जिल्ला प्रहरी बाँकेले लागूऔषधसहित एक जना महिलालाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी बाँकेको टोलीले आज दिउँसो  नेपालगन्ज वडा नम्बर ४ वसपार्कमा शंकास्पद तरिकाले हिडिरहेकी नाम्खा गाउँपालिका वडा नं.१ हुम्लाकी ३९ की खण्डु तामाङलाई चेक जाँच गर्ने क्रममा ६ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ।

 जिल्ला प्रहरी बाँकेका अनुसार उनको साथमा रहेको झोलाबाट ५ वटा वट्टा भित्र रहेको  एक हजार पाँच सय पन्ध्र ट्याव्लेट लागू औषध नाईट्राजेपाम समेत बरामद गरेको छ। 

पक्राउ परेकी तामाङसंग थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ।

फरार प्रतिवादी पक्राउ 

जिल्ला प्रहरी बाँकेबाट खटिएको टोलीले बैंकिङ कसुर मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी बाँकेका अनुसार पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका ३ का ४० बर्षीय वसन्त लाल थारु रहेका छन्।थारुलाई जिल्ला अदालत बाँकेले २०७७/११/०५ गते बैंकिङ कसुर मुद्दामा ७ दिन कैद सजायका साथै ४ लाख ९ हजार ७ सय १० रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। 

फैसला आए लगत्तै फरार रहेका थारुलाई जिल्ला प्रहरी बाँकेको टोलीले आज पक्राउ गरेर जिल्ला अदालत बाँकेमा बुझाएको बाँके प्रहरीले जानकारी दिएको छ।

 बाँके प्रहरी प्रमुखको रुपमा एसपी श्याम कृष्ण अधिकारी आययता फरार अपराधी,लागू औषध कारोबारी,अवैध तस्कर र अवैध सामाग्रीलाई धमाधम पक्राउ गर्दै आएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x