१२ मंसिर २०८३, शुक्रबार
ल्याबटप सहित ब्याग गायब छ – रुबि खान
अधिकारकर्मी रुवी खानलाई प्रहरीले जबर्जस्ती पक्राउ गर्ने क्रममा उनको झोला हराएको छ । नौ दिनदेखि अनसनरत महत्त्वपूर्ण कागजात र ल्यापटप रहेको झोला हराएको रुवी खानले बताएकी छन ।
उनले भनिन्, ‘मेरो केही पैसा र ल्यापटप सहित महत्वपूर्ण कागजात भएको झोला प्रहरी वृत्त लैनचौरले बेपत्ता पारेको छ । काठमाडौं आएर धर्ना शुरु गरेको भोलिपल्टै प्रहरीले मलाई सहित अन्य साथीहरुलाई पक्राउ गरेको थियो । सर्वोच्च अदालतको आदेश पछी प्रहरीको हिरासतबाट म मुक्त भए पनि प्रहरीले अहिले सम्म नियन्त्रणमा लिएको मेरो झोला फिर्ता गरेको छैन ।’
उनको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि चिकित्सकको सल्लाहमा खानलाई शनिबार शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ ।
Subscribe
Login
0 Comments


