वडा नं ८ कार्यालयको आयोजनामा मोटर ड्राइविंग र बुटीक तालीम
रिसब सिंह वाडिया – नेपालगंज उप-महानगरपालिका वडा नं ८ कार्यालयको आयोजनामा मोटर ड्राइविंग र बुटीक तालीम गरिएको छ । अध्यक्ष रजनीश बाजपेयी को सक्रियतामा वडा को २० जना लाई मोटर ड्राइविंग र वडा का १० जाना महिला लाई बुटीक को तालीम दिई स्वारोजगार मुलक अभियान रहेको अध्यक्ष वाजपेईले बताउनु भयो ।
वडा नं ८ को रितिक ठाकुर , नितिन लखोटिया , सुबास गुप्ता , रोशन ठाकुर , वासीउल्ल शेख , सोनू साहू लगायत वडा का २० जाना लाई बसपर्क नाजिक रहेको शुभ स्वस्तिक ड्राइविंग स्कूलमा २० दिनको मोटर ड्राइविंग तालीम गराएको हो ।
र वडा का १० जाना महिलाहरु लाई सिस्टर्स बुटीक एण्ड स्टिच ट्रेनिंग सेण्टर मा बुटीकको तालीम गराएको हो ।
साथै अध्यक्ष बाजपेयीले समाजिक कार्य योगदान गर्दै आएका छ्न । साथै भेरी प्राविधिक शिक्षालय (बीटीएस) नेपालगंज, बाँकेमा प्रवेश परिक्षा पास गरेको नेपालगंज उपमहानागरपालिका वडा नं ८ को विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिने अध्यक्ष बाजपेयीले जानकारी दिनुभयो ।


