१२ मंसिर २०८३, शुक्रबार

विश्वकोमा नेपाल गरिब देशको दर्जामा ।शासकहरू कुर्सी जोगाउन गुलामीमा लिप्तः राजेन्द्र महतो

एसीपी संवाददाता

८ चैत्र २०८०, बिहीबार १२:३२ मा प्रकाशित

नेपालगन्ज  ।नेता राजेन्द्र महतोले नेपाल एकल राष्ट्रिय राज्य नभएको दाबी गरेका छन्। बहुल राष्ट्रिय राज्य बनाउने लक्ष्यसहित ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियानको क्रममा अब यसरी देश नचल्ने बताए उनले भने, ‘अहिले ७० वर्षदेखि जसरी शासन ग¥यो त्यसरी अब चल्न सक्दैन त्यो परिस्थिति र अवस्थासँगै सत्ता बदल्नको लागि अभिनय अगाडि बढेको छ ।  देशव्यापी अभियानका क्रममा नेपालगञ्ज आएका महतोले पत्रकार सम्मेलनमा देशको आर्थिक स्थिति बारे चर्चा गर्दै युवा जनशक्ति हजारौंको संख्यामा विदेश पलायन भईरहेको बताए ।उनले भने, ‘विश्वको नेपाल गरिब देशको दर्जामा गइसकेको छ । कुनै पनि क्षेत्र सन्तोषजन अवस्थामा छैन । यो चिन्ताजनक विषय हो ।’ लोकतन्त्र देखि गणतन्त्र सम्म पाएरपनि जनतको अवस्थामा भने परिवर्तन ल्याउन नसकिएको उनले बताए ।उनका अनुसार विधान र व्यवस्थामा पटक पटक परिवर्तन भयो तर अवस्थामा परिवर्तन नहुनुको कारण विचार र व्यवहार रहेको उनले जिकिर गरे ।आफ्नो विचार प्रकट गर्दै उनले भने, ‘मलाई के लागेको छ भने यो देशको शासन जुन ज्ञान सत्ता त्रुटिपूणर् भयो जस्तो लाग्छ । यो सामाजवादी विचारधारामा शासन, उदारवादी विचारधारामा शासन, पुँजीजादी पश्चिमी सभ्यताबाट उत्पन्न भएका मार्क लेलिन लगायतका विचारधाराबाट गरिएका शासन नेपालमा पनि फलदायी भएन ।’ बहुदलीय व्यवस्था आएदेखि त्यहि विचारधारा लिएर शासन भईरहेको र समस्या हल गर्न नसेकेको बताए ।पटक पटक समिधान परिवर्तन भएर पनि समस्या जहाँको त्यहि रहेको उनले विचार प्रस्तुत गरे । विगत देखि देशमा आन्दोलन, लडाई, झगडा, संघर्ष मात्रै भईरहेको उनले जिकिर गरे । उनले भने, ‘नेपाल कसैको गुलाम भएन । तर यहाँको शासकको मानसिकता चरित्रचाही अफ्नै देशको जनतालाई गुलाम ठान्ने मानसिकता पनि समस्याको कारण हो ।’उनले सबैको पहिचान, अस्तित्वलाई राज्यसत्तामा सहभागी गराउनुपर्ने बताएका छन ।उनले थप भने, ‘यो देश बहुल हो, बहुलतालाई स्विकार गरेर संविधान बनाउनुपर्छ र चलाउनुपर्छ । एकल चलाए भने यो देश अगाडि बढ्न सक्दैन । यो देश सबैको हो, सम्पूर्ण नेपालीको हो र सम्पूर्ण नेपालीको लागि नेपाल बनाउनुपर्यो ।’नेपालको शासन, संविधानको संरचना सबै पहिचानलाई आत्मसाथ गर्ने किसिमले निर्माण गर्नुपर्ने महतोले बताए । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x