१२ आश्विन २०८३, सोमबार

वुहान इन्स्टिच्युटमा गरिएको परीक्षण वा जनावरको परीक्षणले कोरोना फैलिएको अनुमान

एसीपी संवाददाता

१५ कार्तिक २०७८, सोमबार ०२:४० मा प्रकाशित

१५ गते कात्तिक २०७८ सोमबार । अमेरिकी गुप्तचर निकायहरूले कोभिड–१९ को उत्पत्तिको पहिचान कहिल्यै नहुन पनि सक्ने बताएका छन् । ती निकायले कोरोनाभाइरस जैविक हतियार भने नभएको निष्कर्ष निकालेका छन् ।

अफिस अफ द यूएस डाइरेक्टर अफ नेसनल इन्टिलिजेन्स (ओडिएनआई)ले अद्यावधिक गरेको विवरणमा जनावरबाट मानिसमा फैलिएको र प्रयोगशालाबाट मानिसमा सरेको दुवै परिकल्पना वास्तविक हुनसक्ने बताएको छ । तर, किटानीसाथ भन्नका लागि यथेष्ट प्रमाणहरू नभएको बताइएको छ । चीनले सो प्रतिवेदनको आलोचना गरेको छ ।

गएको अगस्टमा अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले गरेको ९०–दिने समीक्षालाई अद्यावधिक गरेर सार्वजनिक गरेको विवरणमा यी निष्कर्ष रहेका छन् । समीक्षामा गुप्तचर समुदाय भाइरसको उत्पत्तिका सम्बन्धमा विभाजित रहेको पनि उल्लेख छ ।

चार गुप्तचर निकायले यो संक्रमित जनावर वा सम्बन्धित भाइरसबाट उत्पत्ति भएकोमा कम विश्वस्त रहेको बताएका छन् भने एउटा निकायले पहिलो मानव संक्रमण प्रयोगशालामा भएको दुर्घटनाबाट भएको हुन सक्नेमा हल्का विश्वस्त’ रहेको बताएको छ । सो दुर्घटना वुहान इन्स्टिच्युट अफ भाइरोलोजीमा गरिएको परीक्षण वा जनावरको परीक्षणको बेला घटेको हुनसक्ने अनुमान सो निकायले गरेको छ ।

प्रतिवेदनमा सन् २०१९ को अन्त्यतिर वुहानमा भएको कोभिड–१९ को संक्रमणअगाडि चिनियाँ अधिकारीहरूलाई कोरोनाभाइरसबारे जानकारी नभएको बताइएको छ । तर, प्रतिवेदनमा चीनले सूचना दिन र अन्तर्राष्ट्रिय अनुसन्धानमा सहयोग नपु¥याएको पनि लेखिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x