१२ मंसिर २०८३, शुक्रबार
शेरबहादुर देउवा १४ औं महाधिवेसनमा पनि सभापतिमा निर्वाचित हुने लगभग निश्चित
२२ गते मङ्सिर २०७८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा १४ औं महाधिवेसनमा पनि सभापतिमा निर्वाचित हुने लगभग निश्चित देखिएको छ ।
प्रारम्भिक परिणाम प्रधानमन्त्री देउवाको पक्षमा परेपछि संस्थापन इतरसमुहमा तनाव सिर्जना भएको छ ।
संस्थापन इतर समुहका नेताहरुलाई कार्यकर्ताहरुले नै सभापतिका लागि साझा उम्मेदवार टुंग्याउन दबाब समेत दिन थालेका छन् ।
महामन्त्रीका आकांक्षी नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित बैठकमा सहभागी पौडेल समूहका नेताहरुलाई कार्यकर्ताले दबाब दिएका हुन्।
चाक्सीबारीमा भित्र बैठक बसिरहँदा बाहिर भने कार्यकर्ताले मिल्न दबाब दिँदै प्रदर्शन गरिरहेका हुन् । भोलि बिहानसम्म जसरी पनि साझा सभापतिको उम्मेदवार टुंग्याउन युवा नेताहरुले दबाब दिएको बताइएको छ ।
Subscribe
Login
0 Comments


