१३ आश्विन २०८३, मंगलवार

सत्ताको खेल सुरु , कोरोना विरुद्धको लडाई ओझेलमा पर्ने – अध्यक्ष लोहनी

एसीपी संवाददाता

२२ बैशाख २०७८, बुधबार ०२:११ मा प्रकाशित

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाश चन्द्र लोहनीले सत्ता अंकगणितको खेल सुरु हुँदा कोरोना महामारी विरुद्धको लडाई ओझेलमा पर्न सक्ने भन्दै गहिरो चिन्ता प्रकट गरेका छन्। लोहनीले नेपालको शासक वर्ग कोरोना महामारीबारे कहिल्यै गम्भीर नभएको भन्दै अहिले स्वास्थ्य मन्त्रालयको सक्रियताले केही आश देखाए पनि मूल नेतृत्व नै गम्भीर नभएकोले केही आश गर्न नसकिने बताएका हुन्।

लोहनीले भने, ‘नेपालका शासक वर्गले कोरोना महामारीलाई सधै हल्का तरिकाले लिएका हुन्। अब त सत्ताको अंकगणित सुरु भई सक्यो। जनताको समस्या झन् ओझेलमा पर्ने सम्भावना छ। तैपनि स्वास्थ मन्त्रालयले केहि सक्रियता देखाएको हो कि जस्तो छ तर मूल मेसिनमा नै खिया लागेको अबस्थामा सहायक मेसिनले कति गर्न सक्ला?’

लोहनीले सरकार भ्याक्सिन उपलब्ध गराउने काममा पछि परेको पनि बताए। उनले भ्याक्सिन किन्ने प्रक्रियामा सरकार बीचमै अल्मलिएको, अनुदानमा ल्याउन सरकारको कुटनीतिक क्षमता कमजोर देखिएको भन्दै असन्तुष्टी जनाएका छन्।

लोहनीले महामारीको बेला फ्रन्टलाइनमा खट्नेहरुलाई सरकारले आर्थिक प्रोत्साहन गर्नु पर्ने बताए। उनले भने, ‘कोरोनासँगको लडाईमा नेपाली सेना, प्रहरी, डाक्टर, नर्स र अन्य स्वस्थाकर्मीहरुको मेहनत र लगनशिलता प्रशंसनिय रहेको छ र वहाहरु धन्यबादका पात्र हुनुहुन्छ। यो लडाईमा अग्रपंक्तिमा रहेका सबैलाई भौतिक तथा आर्थिक प्रोत्शाहन उपलब्ध गराउन नेपाल सरकारले कुनै कन्जुशी नगरोस्।’

लोहनीले कोरोना विरुद्धको लडाई जसरी पनि जित्नै पर्ने बताउदै गाउपालिका, नगरपालिका तहमा सक्रियता जरुरि भएको बताए।
स्थानीय जनप्रतिनिधिले जनताको करबाट सुबिधा र सहुलियत लिने हुनाले उनीहरुको सक्रियता आवश्यक रहेको उनले औंलाउदै उनले प्रश्न गरे, ‘आफ्नो वार्डमा कुन घरमा कोरोना छ र उनीहरुको अवस्था के छ भन्ने कुराको सूचना राख्ने र हुन सक्ने सहयोग पुऱ्याउने काममा वार्ड प्रमुख र वार्ड सदस्यको चासो नहुने हो भने जन प्रतिनिधिको के अर्थ?’

लोहनीले कोरोना प्रभावित हरेक गाउँ र नगरपालिकामा आइसोलेसन बनाउनै पर्ने मापदण्ड बनाउन पनि सरकारलाई सुझाव दिएका छन्। त्यसको लागि केन्द्र र प्रदेश सरकारले थानीय निकायलाई आर्थिक साहयता गर्नुपर्ने उनको राय छ। ‘आईसोलेसन सेन्टर बनाउन केन्द्रले ५० प्रतिशत, प्रदेशले ३० प्रतिशत, गाउँ र नगरपालिकाले २० प्रतिशत खर्च गर्ने गरि थानीय तहको अगुवाइमा अभियान सुरु गरियोस्।’

कोरोना विरुद्धको लडाइ जित्नको लागि सरकार मात्र अग्रसर भएर सम्भव नहुने भन्दै लोहनीले जनस्तरबाट पनि उत्तिकै सचेतता र जागरुकता आवश्यक भएको बताए। उनले भने, ‘हामी जनताको तहमा कमसेकम मास्क लगाउ। जनताको तहबाट कोरोना बिरुद्ध यो ठुलो सहयोग हो। विज्ञानले कोरोन नियन्त्रण गर्न मास्क धेरै प्रभाबकारी हुन्छ भन्ने प्रमाणित गरि सकेको छ। यो यथार्थ हो।’नेपालदीप

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x