सनातन हाम्रो मौलिक धर्म हो – रेग्मी
सनातन हाम्रो मौलिक धर्म हो ।यो विज्ञानसम्मत त छ नै स्वास्थ्य,स्वस्थ जीवनशैली, असल प्रथा र परम्परामा आधारित छ । हिन्दूले नेतृत्व गरे पनि किराँत,वौद्दसहितका सम्प्रदाय र सँस्कारले यसलाई समुन्नत बनाएको हो ।आराध्यदेव पशुपतिनाथसहित देशका विभिन्न भागमा रहेका किराँतेश्वर,वौद्दनाथ, स्वयम्भूसहित आस्थाका केन्द्र,त्यहाँको पूजाविधि र मान्यताले त्यसलाई स्पष्ट गरेकै छन् ।त्यतिमात्र होइन वेदमा किराँत समुदायलाई देवजाति भनिएको छ ।
आज विभिन्न नाममा सनातनलाई विभाजित गर्ने,अनादर गर्ने क्रम बढेको छ ।सनातनको आधार कमजोर गर्न विभिन्न चलखेल पनि भैरहेका छन् ।
हिन्दू,किराँत,वौद्द मूलतः एकै हो, त्यसका विधि र पद्वतिमा केही फरक पक्कैछन् जसले हाम्रो अनेकतामा एकतालाई थप बलियो बनाउन सक्नुपर्छ ।
फुटाउ र राज गर भन्ने नीतिलाई चिर्न सक्नुपर्छ ।
जय शम्भो । लेखक सन्तोष रेग्मी को स्वतन्त्र विचार


