१२ मंसिर २०८३, शुक्रबार

सनातम धर्म र संस्कृतिसँग जोडिएका राजनीतिक शक्ति र राष्ट्रको विरोध नगरि निद्रा लाग्दैन कनकमणी दीक्षितलाई, कहिलेसम्म बोक्ने पश्चिममा एजेण्डा ?

एसीपी संवाददाता

११ माघ २०८०, बिहीबार २०:४५ मा प्रकाशित

कनकमणी दीक्षितले राम मन्दिरको विरोध गर्दै बुधबार एक ट्वीट गरे । जसमा भारतीय हाँस्य स्तम्भकार जुग सुरैयाको स्तम्भ छ । यो स्तम्भले राम मन्दिर नरेन्द्र मोदी सरकारले बनाएकोमा विरोध गर्छ । मतलब आफ्नो फाइदाका लागि मन्दिर बनाएको तर्क यहाँ गरिन्छ, भगवान राम, लक्ष्मणलाई राजनीतिसँग जोडेर व्यंग्य गरिएको छ ।

जबकि करोडौं भारतीयको आस्थालाई प्रतिबिम्बित गर्दै बनाइएको मन्दिरको ऐतिहासिक सांस्कृतिक विरासतलाई भुलेर दलीय चश्माबाट हेरिएको स्तम्भ शेयर गर्दै कमकमणीले रामलाई राजनीतिक फाइदाका लागि प्रयोग गरिएको भन्दै विरोध गरेका छन् । राम मन्दिरकै विरोधमा दीक्षितले भनेका छन्, ‘राम मन्दिरले राम राज्यमा प्रवेश गरिँदैन ।‘ राम मन्दिर निर्माण सम्बन्धी विरोधमा आएका हरेक ट्वीट दीक्षितले शेयर गरेका छन् ।

राम मन्दिर बनाउँदै धर्म निरपेक्षता नउल्टिने आशासहित आएका लेखहरु शेयर गर्दै दीक्षितले आफू धर्मनिरपेक्षवादी भएको र सनातन धर्म वा हिन्दू राष्ट्रको विपक्षमा रहेको स्पष्ट पारेका छन् । धर्म निरपेक्ष राष्ट्र भारतमा राम मन्दिरको प्राण प्रतिष्ठान हुनु दुखद भएको उनको आशय देखिन्छ । यसैगरी दीक्षितले अर्घैया सेन गुप्ताको ट्वीट शेयर गर्दै बुधबारै संविधानबाट आर्टिकल ३७० हटाउने मोदी सरकारको निर्णयको पनि विरोध गरेका छन् । काश्मिरको आतंकवाद र अराजकता नियन्त्रण गर्दै राष्ट्रलाई एक बनाउनेगरी लिएको निर्णयमा अदालतले पनि सर्मथन जनाएका बेला गुप्ताले यसको विरोध गर्दै मान्यता दिने अदालतका न्यायाधीशको आलोचना गर्दै न्यायपालिकाको स्वतन्त्र समाप्त गर्न लागेको आरोप लगाएका छन् । यो आरोपलाई समर्थन गर्दै दीक्षितले शेयर गरेका छन् ।

काश्मिरकै सवालमा दीक्षितले हिमाल साउथ एसियनको अर्को ट्वीट शेयर गरेका छन् । जसमा सैनिक बलले जम्मू र काश्मिरलाई कब्जामा राखेर राजनीतिक और आर्थिक शोषण गरेको आरोप लगाइएको छ । यो आर्टिकले सिधै मोदी सरकारको कदमको विरोध गर्छ । कनकमणीले आर्टिकल नै लेखेर सनातन धर्मको विरोध गरेका छन् । चर्चहरुको संख्या बढाउने, धर्म परिवर्तन गरेर पश्चिमाहरुको क्रिश्चियानिटी अभियान गाउँ गाउँमा पुर्याउने धर्मनिरपेक्षताको खुलेर वकालत गरेका छन् ।

‘यताको सनातन, उताको हिन्दुत्व’ आर्टिकल ट्वीटरमा शेयर गर्दै उनले नयाँ दिल्लीले धर्मलाई राजनीतिक रंग दिँदै अयोध्याको राम मन्दिरलाई निर्वाचन अस्त्र बनाएको भनेका छन् । जबकी ७५ वर्षसम्म बन्न नसकेको बहुसंख्यक भारतीयको भावना जोडिएको राम मन्दिर राजनीतिक नेतृत्वले नै बनाउने हो भन्ने पक्ष उनले बिर्सिएका छन् । हिन्दुहरुमाथि दमन गरेर मुस्लिम शासकले सनातनहरुको आस्थामा प्रहार गरेको तथ्य उनले लुकाएका छन् । उनले नेपालमा पनि धर्मको राजनीति हुनेमा चिन्ता गरेका छन् । नेपालमा सनातन धर्मको बढावामा हुने गतिविधि हुनुहुँदैन कि बाह्य धर्मको प्रभाव बढाउने धर्म निरपेक्षताको पक्षमा उनको बलियो वकालत व्यवहारमा देखिन्छ ।

दीक्षितले राम मन्दिरकफ प्राण प्रतिष्ठाको दिन सनातनीहरुले दिप प्रज्वलन गर्ने र केही ठाउँमा विदा दिने कुराको पनि विरोध गरेका छन् । भारतभर र नेपालमा पनि अधिकांश नेपालीले प्राण प्रतिष्ठाको दिन घरमा दिप प्रज्वलन गरेका थिए । यसको विरोध गर्न उनले नेपाल धर्मनिरपेक्ष र बहुसांस्कृतिक देश भएकाले नमिल्ने तर्क गरेका छन् । ‘सिमानापारी नवनिर्मित मन्दिरको ‘प्राण प्रतिष्ठा’को सन्दर्भ, बत्ती बाल्ने-नबाल्ने भन्नेमा संबिधानको हरफ सम्झौं: “हामी सार्वभौमसत्तासम्पन्न नेपाली जनता । बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी यो संविधान जारी गर्दछौं।” उनले लेखका छन् ।

सनातनीहरुको आस्थालाई उनले जनभावनाविपरीत बलपूर्वक लादिएको संविधान देखाएर निमोठ्न खोजेका छन् । राम मन्दिरसँग सम्बन्धित विरोधमा दीक्षितले धाराप्रवाह नै गरेका छन् । नेपाली कांग्रेसभित्र केही पक्ष धार्मिक गतिविधिमा लागेकोमा उनलाई चित्त बुझेको छैन । सनातन धर्मको प्रवर्द्धनमार्फत राष्ट्रको संस्कृति र पहिचान स्थापित गर्ने कुरालाई दीक्षितले हिन्दू पुनरुत्थानवाद र हिन्दू साम्प्रदायिकता भनेर विरोध गरेका छन् । कतिसम्म भने नेपाल भारतबीच घनिष्ठा बढाउने, द्विपक्षीय सम्बन्ध हार्दिक बनाउने सम्झौताहरुको पनि विरोध गरेका छन् । भारतको मोदी सरकारसँग नजिकिँदा नेपालमा सनातन हिन्दुको प्रभाव बढ्ने र आफूहरुको धर्म निरपेक्षतामार्फत क्रिश्चियानिटी प्रवर्द्धनको एजेण्डा कमजोर हुने भन्दै भारतसँग नेपाली सत्ता नजिकिएकोमा दीक्षित चिन्तित छन् ।

यसैक्रममा उनले पछिल्लो समय नेपाल भारतबीच ५ करोडबाट बढाएर २० करोड रुपैयाँ पुर्याउने गरी भएको सम्झौताको विरोध गरेका छन् । भारतमा कर्मचारीतन्त्र, अदालत, सैनिक र मिडियाले मोदीलाई साथ दिएर राष्ट्र बलियोरुपमा अघि बढेकोमा पनि दीक्षितको विरोध देखिन्छ । भारतमा सनातन हिन्दुवादी शक्ति बलियो हुँदा नेपालमा पनि सनातन हिन्दु समय फर्किने त्रास दीक्षितमा देखिन्छ । त्यसैले भारतमा सनातन हिन्दुवादी मोदी सरकार र नेपालमा पनि हिन्दुवादी शक्तिहरुको विरोध नगरि दीक्षितलाई निद्रा नै लाग्दैन । बिहान, बेलुका र राति अधिकांश उनको समय विरोध गर्नमै वित्छ ।

भनिन्छ, सामाजिक सञ्जाले मान्छेको व्यवहार प्रस्तुत गर्छ । माथि उल्लेखित घटनाहरु र दीक्षितको ट्वीटर हेर्दा स्पष्ट हुन्छ कि उनी कसरी सनातन हिन्दु संस्कृति र त्यसको वकालत गर्ने राजनीतिक शक्तिवरुद्ध परिचालित भएका छन् । नेपालमा त उनलाई पश्चिमा शक्तिहरुको एजेण्डा बन्ने केन्द्र नै मानिन्छ । कतिपय सन्दर्भमा उनले व्यवहारबाट पनि त्यसलाई पुष्टि गरेका छन् । उनको संस्थाले नेपालमात्रै होइन भारतको हकमा समेत सनातन विरोधी शक्ति र गतिविधिलाई बढावा दिँदै आएको छ ।

समाज प्रभावित पार्ने प्रभावशाली माध्यम सञ्चारभित्र पत्रिका चलाउन विदेशी दूतावासको पैसा लिएको त दीक्षितले सार्वजनिक रुपमै स्वीकारेको कुरा हो । उक्त पत्रिकामार्फत उनले विदेशीहरुको एजेण्डा कसरी प्रवाहित गराए, त्यो जगजाहेर छ । त्यसबाहेक उनले अदृश्य रुपमा कति करोडौं फण्ड दातृ संस्थाबाट लिए र त्यसको प्रयोग धर्मनिरपेक्षता मिसनमा कहाँ कसरी खर्च गरे कुनै लेखाजोखा नै छैन । नेपालको कानुन विपरीत मिडिया चलाउन नर्वेजियन राजदूतावासबाट पैसा लिएको त सञ्चारमाध्यममै आएको विषय हो ।

यसैगरी दीक्षितलाई जर्ज सोरसले चलाउने फाउण्डेसन साउथ एसिया इन्चार्ज पनि भन्ने गरिन्छ । यो फाउण्डेसनले सनातन धर्म मास्नेगरी विभिन्न अभियान चलाउँदै आएको छ । अदृश्य र नजानिँदो तथा भूमिगत रुपमा धर्म परिवर्तन गराउने, क्रिश्चियनको प्रवर्द्धन गर्ने काम यो संस्थाले गर्दै आएको व्यवहारमै देखिन्छ । फाउण्डेसनमार्फत करोडौं पैसा लिने र त्यसलाई विभिन्न एजेण्टहरुमा वितरण गर्ने समन्वयकारी भूमिका पनि दीक्षितले गर्दै आएको उनसँग काम गरेका सहकर्मीहरु बताउँछन् ।

साथै, कनकमणीले सार्वजनिक रुपमै हिन्दुलाई दुत्कार्ने काम पनि विगतमा गरे । नेपालमा सनातन धर्म मान्नेलाई कनकमणी हिन्दु आतंकवादी मान्छन् । यसरी सनातन हिन्दु संस्कृति विरोधी अभियानमा कनकमणीको दिनचर्या चलिरहँदा भारतमा हिन्दुवादी मोदी वैश्विकरुपमा झन् झन् बलियो बन्दै जाँदा निद्रा नै खलबलिनले गरी चिन्तित बनाएको घटनाक्रमले देखाउँछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x