सन्दर्भ जामा मश्जिद
शायदा बानो शाह – मेरो जिज्ञासा यो छ कि दारुल उलूम फैजुन्नबी जामा मश्जिद एंव ईदगाह संचालक समिति गठन गराउन जिल्ला प्रशासनले तोकेको निर्वाचन समितिका संयोजक नै निर्वाचन नगराई आफु कोषाध्यक्ष पदमा बस्नु कुन विधानमा लेखिएको छ यसो जानकारी पाऊं ?
नेपालगंज जामा मश्जिदको निर्वाचन गराउन आखिर को डराई रहेछ र किन ?
निर्वाचन गराउनै नसक्ने निर्वाचन समिति गठन किन गरियो ?
निर्वाचन गराउने भनी हजारौं सर्वसाधारण मुसलमानलाई मुर्ख बनाई यतिका रसीद काटेर किन निर्वाचन गराईएन् ?
यदि विधानमै निर्वाचन प्रकृयामा जाने कुरा उल्लेख थिएन् भने निर्वाचन गराउने भनी रसीद किन काटियो ?
विधानमै नरहेको प्रकृया बारे छल गरी निर्वाचन समिति किन गठन गरियो ?
विधानमा नै नरहेको निर्वाचन प्रकृयाबाट समिति चयन गर्न प्रशासनले अनुमति किन कसरी र कुन आधारमा दिएको ?
नोटः मलाई शरीयत र कानून पढाउने बेकार कोशिश नगर्नुहोला । म शरीयत पनि बुझेकीछु र कानून पनि तसर्थ सरोकारवालाहरुले सोधिएको प्रश्नको जवाब मात्र दिए हुन्छ ।



