१७ भाद्र २०८३, बुधबार
मुख्यमन्त्री आचार्यद्वारा शव व्यवस्थापन स्थलको निरीक्षण, पहिचान र सुरक्षाबारे जानकारी
बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाढी तथा विपद्मा मृत्यु भएकाहरूको शव व्यवस्थापन गरिएको स्थलको निरीक्षण गर्दै शव पहिचानका लागि अपनाइएको प्रक्रिया, शवको सुरक्षा तथा आफन्तसँगको समन्वय र सहजीकरणबारे जानकारी लिनुभएको छ।
मुख्यमन्त्री आचार्यसँगै आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायातमन्त्री भण्डारीलाल यादव, स्वास्थ्य मन्त्री दीपेन्द्र पुन ‘सिजल’ लगायतको टोली सहभागी थियो।
सुनवल र बर्दघाटस्थित सामुदायिक वन क्षेत्रमा पहिचान तथा व्यवस्थापनको प्रक्रियामा रहेका शवहरू राखिएको जनाइएको छ। मुख्यमन्त्री आचार्यले शवको व्यवस्थित संरक्षणसँगै पहिचान र आफन्तलाई आवश्यक सहजीकरणमा विशेष ध्यान दिन निर्देशन दिनुभएको छ।
Subscribe
Login
0 Comments


