भोटेकोशी बाढीपीडितका लागि डा. राजन पाण्डेद्वारा एक लाख रुपैयाँ सहयोग
दिनेश ठाकुर नेपालगञ्ज, भदौ १७गते — भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारको राहत तथा उद्धारमा सहयोग पु¥याउने उद्देश्यले भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट, प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा समाजसेवी डा. राजन पाण्डेले रु. १ लाख रुपैयाँ सहयोग गर्नुभएको छ।
डा. पाण्डेले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. १,००,००० (एक लाख रुपैयाँ) जम्मा गर्नुभएको हो। प्राप्त बैंकिङ विवरणअनुसार उक्त रकम ३१ अगस्ट २०२६ मा अनलाइन माध्यमबाट सफलतापूर्वक जम्मा गरिएको देखिन्छ।
प्राकृतिक विपत्तिमा परेका नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि व्यक्तिगत रूपमा सहयोग गर्दै आउनुभएका डा. पाण्डेको यो सहयोगले मानवीय सेवाको भावना थप बलियो बनाएको छ।
भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत तथा पुनःस्थापनाको आवश्यकता रहेको अवस्थामा डा. पाण्डेको सहयोगले विपद्को समयमा समाजसेवा र मानवीय एकताको सकारात्मक सन्देश दिएको छ।
बाढीपीडितको दुःखमा साथ दिँदै डा. पाण्डेले गर्नुभएको यो सहयोग प्रशंसनीय मानिएको छ।


