१२ मंसिर २०८३, शुक्रबार

सभापतिका दाबेदार शेखर कोइराला आफ्नै क्षेत्रमा असफल

एसीपी संवाददाता

१२ मंसिर २०७८, आईतवार ०३:०४ मा प्रकाशित

नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा सभापतिका दाबेदार शेखर कोइराला आफ्नै क्षेत्रमा असफल ठहरिएका छन् ।

क्षेत्र तथा जिल्ला अधिवेशनको नतिजा आइरहेका बेला सुनसरीमा शेखरको अवस्था अत्यन्तै कमजोर देखिएको हो । उनका सहयोगी र भित्रियाहरुले एकपछि अर्कोगरी महाधिवेशन प्रतिनिधिको निर्वाचन हारेका छन् ।

यस जिल्लामा शेरबहादुर देउवा पक्षका महाधिवेशन प्रतिनिधिहरु जितेका छन् । पछिल्लो पटक सुनसरी जिल्लाको क्षेत्र नं ३ बाट पूर्वमन्त्री हरिप्रसाद सापकोटा नै महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।

पूर्व गृह राज्यमन्त्री सापकोटा सुनसरीमा शेखर कोइरालाका निकट मात्र होइनन् शेखरको राजनीतिक व्यवस्थापनका भित्रिया पनि हुन् । त्यसैगरी सोही जिल्लाको सोही निर्वाचन क्षेत्रबाट गोपाल राजभण्डारीले पनि निर्वाचन हारेका छन् । उनी पनि सुनसरी जिल्लाका जिल्ला समन्वय समिति संयोजक हुन् ।

उता हिजोमात्र शेखर कोइरालाकै प्रमुख प्रचारक पुरञ्जन आचार्यले पनि महाधिवेशन प्रतिनिधिमा निर्वाचन हारेका थिए । उनी नेपाली काँग्रेसको निकट रहेर विश्लेषण गर्ने गर्दछन् र सधैँजसो नै शेरबहादुर देउवाको मात्र विरोध गर्ने गर्दछन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x