५ श्रावण २०८३, मंगलवार

सम्बन्ध प्रगाढ बनाउन निरन्तर छलफल हुन जरुरी–मुख्य मन्त्री महरा

एसीपी संवाददाता

१९ असार २०८१, मंगलवार १८:१७ मा प्रकाशित

स्थानिय र प्रदेश सरकार बीचको सम्बन्ध प्रगाढ बनाउन नेपाल मुस्लिम समाज बिकास चेतना केन्द्र बाँकेले लुम्बिनी प्रदेश मुख्य मन्त्री संग भेटघाट गरी छलफल गरेको छ ।
योजना तर्जुमा तथा कार्यान्वयनमा प्रदेश सरकार र स्थानिय सरकार बिच अन्तर सम्बन्धको बिषयलाई लिएर चेतना केन्द्रका प्रतिनिधी मो.शेर बागवान, विनय राज त्रिपाठी, सकिना तेली लगायतले लुम्बिनी प्रदेशका मुख्य मन्त्री जोख बहादुर महरा संग भेटी सम्बन्ध प्रगाढ बनाउन स्थानीय सरकारबाट आएको कुराहरुको बारेमा छलफल गरेका हुन । 
पालिकामा पालिकाको समन्वय बिना प्रदेश सरकारको बजेट वडा कार्यालयको समन्वयमा सञ्चालन भई रहेको, पालिकाबाट प्राप्त बजेट वडा कार्यालयले सञ्चालन गर्दा बीचमा बजेट कटौती हुने, प्रायः जसो योजना तर्जुमा नियमानुसार नहुने, प्रदेश स्तरिय बैठक, प्रदेश संग माँग गरिएका योजनाहरु लगायत स्थानीय र प्रदेश सरकार बीचको दूरी र अन्तर सम्बन्धका बारेमा छलफल भएको हो ।
महराले १०० दिन पनि पद सम्हालेको नभएको कारण यो आर्थिक बर्षमा योजना लगायत सम्पूर्ण कुराहरुमा सुधार गर्ने आवश्वासन दिंदै स्थानिय सरकार संगको सम्बन्ध अझ प्रभावकारी बनाउन निरन्तर छलफल हुनु पर्नेमा जोड दिंदै समग्र लुम्बिनी प्रदेशको बिकासका लागी पंच बर्षिय योजना निर्माण भई रहेको जानकारी दिनु भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x