सरकारको राम्रो कामको पनि बिरोध हुँदा दुख लाग्छ – ओलि
प्रधानमन्त्री केपी ओलीले बिरोधीहरुले सरकारको राम्रो कामको पनि बिरोध गर्ने गरेको भन्दै आक्रोश व्यक्त गर्नृभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा उहाले सरकारले जनताका लागि निकै राम्रा काम गरेपनि बिरोधीहरुले त्यसलाई देख्न नसकेको तर्क गर्नृुभयो । उहाले अहिले आएको बाढी पनि सरकारकै कारण आएजस्तै प्रचार गरिएको धारणा राख्नुभयो । प्रधानमन्त्री ओलीले बाढीपिडित जनताका लागि आवास लगाएतका सवै व्यवस्था सरकारले गर्ने बताउनुभयो त्यस्तै उहाले आफु नयाँ जनमत लिन जनताको माझमा जान निर्वाचन घोषणा गरिएको तर बिपक्षी दलहरु भने निर्वाचनदेखि अतालिएको बताउनुभयो । संसारमा कुनै पनि राष्ट्रमा अदालतबाट बनेको सरकार दिगो र सफल हुन नसकेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले चूरेको बिनास नभइ संरक्षण गर्न सरकारले उचित व्यवस्था गरेको तर्क गर्नुभयो । चूरे बिनास गर्ने सरकारको कुनै उदेश्य नरहेको भन्दै प्रधानमन्त्री ओलीले सरकारले खानीको मात्र उचित प्रयोग गर्ने जिकिर गर्नुभयो ।
बैठकमा ओलीले बाढी पहिरोबाटघाइतेहरुको उपचारको ब्यवस्था सरकारले गर्ने, क्षतिको मुल्यांकन गरेर उचित राहतका लागी लागि गृहमन्त्रालयले पहल गर्ने बताउनुभयो । उहाले रेश्क्यु गर्दा अपाङ्गता भएका जेष्ठ नागरिक बालबालिका गर्भवती महिलालाइ प्राथमिकतामा राख्न निर्देशन दिनुभयो । बैठकमा बिपक्षी दलका नेताहरु भने सहभागी भएनन् । परिषदमा सरोकारवाला मन्त्री, विपक्षी दलका नेता, सबै प्रदेशका मुख्यमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव, प्रधानसेनापति, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतलगायत सदस्यका रूपमा रहने व्यवस्था छ ।


