१२ मंसिर २०८३, शुक्रबार

सरकार पुनर्गठन भएपछि मधेशमा एकाएक रोकिए स्वास्थ्य सुधारका काम, निवर्तमान स्वास्थ्यमन्त्री सिंहले मुख्यमन्त्रीलाई सुझाए तत्काल गर्नुपर्ने १२ काम

एसीपी संवाददाता

२० चैत्र २०८०, मंगलवार १६:४५ मा प्रकाशित

जनकपुरधाम। मधेशको स्वास्थ्य सुधारका काम भइरहेका बेला सरकार पुनर्गठन भएपछि रोकिएको छ।

तत्कालीन स्वास्थ्यमन्त्री वीरेन्द्रप्रसाद सिंहले स्वास्थ्य क्षेत्र सुधारका लागि काम गरिरहेका थिए। तर, केन्द्रमा समीकरण फेरिएसँगै प्रदेशमा पनि सरकार पुनर्गठन भएपछि स्वास्थ्य सुधारका काम एकाएक रोकिएका छन्।

कांग्रेस संसदीय दल मधेश प्रदेशका उपनेतासमेत रहेका सिंहले मुख्यमन्त्री सरोजकुमार यादवलाई मधेश प्रदेशमा नागरिकको स्वास्थ्य सुरक्षा सम्वर्द्धन जनचेतना अभिवृद्धि र सुधारसम्बन्धी बहुआयामिक काम तिव्रताका साथ गर्नुपर्ने लगायत १२ बुँदे ध्यानाकर्षणपत्र बुझाएका छन्।

‘नेपालको संविधानले स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकका रुपमा व्यवस्था गरी प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्ने र कुनै पनि नागरिक आकस्मिक स्वास्थ्य सेवावाट बन्चित नहुने प्रत्याभूति गरेको छ,’ सिंहले भनेका छन्, ।

उनले प्रदेश सरकारले आव २०८०/०८१ को नीति कार्यक्रम र बजेटमा स्वास्थ्य सेवा प्रवाह सहज पहुँच र उपभोग वृद्धिका लागि योजनाबद्ध ढंगबाट मानव विकास सूचांकको अवस्था बलियो बनाउन स्वास्थ्य क्षेत्रमा रहेको विधमान वेथिति, विसंगति र विकृतिहरुलाई निर्मुल पारेर सर्वसाधारणको सहज पहुँच हुने गरी आधारभूत स्वास्थ्य सेवा र विशेषज्ञय स्वास्थ्य सेवाका लागि स्वास्थ्य संस्थाको विस्तार, स्तरोन्ति र गुणस्तर वृद्धि तथा प्रदेश भरमै पूर्ण सुरक्षित मातृत्व, पूर्ण खोप, कुपोषण मुक्त, गरिबीका कारण स्वास्थ्य उपचार गराउन नसक्ने गरिव जनताको निशुल्क उपचार, प्राथमिक स्वास्थ्य केन्द्रहरुको स्तरवृद्धि गर्न प्रदेश सरकारबाट जनशक्ति प्रदान, प्रादेशिक अस्पताको क्षमता अभिवृद्धि गर्न आवश्यक उपकरण, विशेषज्ञय चिकित्सक र स्वास्थ्यकर्मीको भर्ना, वित्तिय व्यवस्थापन सुधार योजना अघि सारेको स्मरण गराएका छन्।

साथै उनले प्रादेशिक अस्पतालहरु सिरहालाई १५० शैया, लहानलाई १०० शैया, जलेश्वरलाई १०० शैया, मलंगवालाई १०० शैया, गौरलाई १०० शैया र  कलैयालाई १०० शैयामा स्तरोन्तति गर्न आफूले प्रक्रिया अगाडि बढाएको स्मरण गराएका छन्।

सिंह स्वास्थ्यमन्त्री छँदा भारदह, डुमरिया, बरहथवा, आमा तथा बाल अस्पताल धनकौल, पोखरिया गरी पाँच वटा अस्पताललाई नयाँ ५० शैयाको अस्पताल संचालन गर्न तथा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरलाई विशिष्ट श्रेणीको अस्पताल बनाउन तथा छुट्टै क्यान्सर अस्पताल निर्माणका लागि प्रक्रिया तीव्र गतीमा अगाडि बढाइएको थियो ।

स्वास्थ्य बिमा, कुष्ठ रोग उन्मुलनका लागि पिईपी र अनुसन्धान कार्य प्रभावकारी सञ्चालन, जेनरल बेड फ्री, १३६ वटै पालिकामा जनस्वास्थ्य प्रयोगशाला व्यवस्थित संचालन र ज्येष्ठ नागरिक, अतिविपन्न नागरिकलाई प्रयोगशालाबाट स्वास्थ्य परिक्षणमा ९० प्रतिशत शुल्क छुट, प्रत्येक जिल्लाका प्रादेशिक अस्पतालमा ब्लड बैंक र डाइलासिस सेवा सञ्चालन थालिएको थियो।

तर, अचानक राजनितिक उथलपुथल भएर सरकार पुनःगठन भएपछि सरकारले लिएको गति अवरोध भएको र निति कार्यक्रम र बजेटको कार्यक्रमनै असफल हुनेगरी मन्त्रालय र मातहतका कार्यालयमा समयमा मन्त्री, कर्मचारी नबस्नु र मन्त्रालय र कार्यालय सुनसान देखिन थालेको उनले स्मरण गराएका छन्। ‘सरकारप्रति जनमानसमा नकारात्मक सन्देश प्रवाह भई वितृष्णा बढिरहेको र यस प्रदेशका स्वास्थ्य क्षेत्रमा भइरहेको प्रगति पनि गुम्ने हो कि भन्ने डरले चिन्तित तुल्याएको
छ,’ निवर्तमानमन्त्री सिंहले मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराएका छन्।

सिंहले प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटबाट तीव्र गतिमा अगाडि बढेका काम सुचारु गर्न बुँदागत रुपमा ध्यानाकर्षण गराएका छन्।

१. स्तरोन्नति भई सञ्चालन स्वीकृतिका लागि प्रदेश मन्त्रीपरिषदमा पेश भएका अस्पतालको सञ्चालन अनुमति यथाशीघ्र प्रदान गरी संचालन गर्न।

२. स्तरोन्नति भएका अस्पतालका लागि चाहिने जनशक्ति चिकित्सक, स्वास्थ्यकर्मीको विज्ञापन भई केहीको लिखित परीक्षा र केहीको मौखिक परीक्षासमेत भइसकेकोले यथाशीघ्र छनौट प्रक्रिया प्रारम्भ गरि स्तरोन्नति भएका अस्पतालमा प्रदेश मन्त्रिपरिषदले कायम गरेको चिकित्सक र स्वास्थ्यकर्मी पठाई अस्पताल सञ्चालन गर्न।

३. आठवटै जिल्लाका प्रादेशिक अस्पतालमा गुणस्तरीय र व्यवस्थित ढङ्गले पिसिआर, ब्लड बैंक र डायलासिस सञ्चालन गर्न चाहिने आवश्यक जनशक्ति प्रदेश मन्त्रीपरिषदबाट स्वीकृत भई विज्ञापन भई मौखिक परीक्षा समेत भई सकेको सो जनशक्ति छनौट गरी यथाशीघ्र सम्वन्धित अस्पतालमा पठाउन।

४. स्तरोन्नति भएका अस्पतालका लागि नभई नहुने उपकरणका लागि स्वास्थ्य मन्त्रालयबाट आवश्यक बजेट माग भई अर्थ मन्त्रालयमा गई सकेकोले सोको यथाशीघ्र खरिद प्रक्रिया अगाडि बढाइ उपकरण खरिद गरी सम्बन्धित अस्पतालमा पठाउन।

५. मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन प्रक्रियामा रहेका एमआरआइ, क्याथ ल्याब मोडुलर ओटी, कार्डिक युनिट, बर्न युनिट र न्यूरो युनिट यथासिघ्र संचालनमा ल्याई सुविधा सम्पन्न अस्पताल बनाएर एमबिबिएसको कोर्ष संचालन गर्न।

६. १०० वेडमा स्तरोन्नति भएका अस्पताल यथासिघ्र संचालन गरी प्रत्येक अस्पतालमा नर्सिङ कोर्स संचालन गर्न।

७. १० बेडमा स्तरोन्नति भएका सर्लाही र पर्सा जिल्लाको प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई यथाशीघ्र १० बेडमा व्यवस्थित सञ्चालन गर्न।

८. महामारी नियन्त्रणका लागि प्रक्रियामा रहेका बारा जिल्लाको झिटकैयामा सरुवारोग अस्पताल यथाशीघ्र निर्माण गर्न।

९. प्रक्रियामा रहेका सर्लाही जिल्ला अन्तर्गत गंगापुर प्रादेशिक आयुर्वेद अनुसन्धान केन्द्रको निर्माण कार्य यथाशीघ्र अगाडि बढाउन।

१०. प्रदेशभित्र रहेका वृद्धाश्रम, बाल आश्रम र मानव सेवा आश्रममा रहेका आश्रित परिवारलाई त्यही पुगेर स्वास्थ्य सेवा प्रदान गर्न प्रक्रियामा रहेका घुम्ती स्वास्थ्य सेवा यथाशीघ्र सञ्चालन गर्न।

११. मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत छुट्टै क्यान्सर अस्पतालका लागि बजेट सुनिश्चित भई लागत अनुमान समेत तयार भइसकेको र आठवटै जिल्लामा स्तरोन्नति भएका र नयाँ संचालन गर्ने लक्ष्य रहेका विभिन्न अस्पतालको भौतिक पूर्वाधार निर्माण गर्न बजेट सुनिश्चित भई लागत अनुमान समेत तयार भई सकेको भवनको यथासिघ्न खरिद प्रक्रिया अगाडि बढाइ निर्माण कार्य शुरु गर्न।

१२. प्रदेश भित्र आठवटै जिल्लामा निर्माणाधिन नयाँ र अधुरो गरी ४१९ वटा बर्थिङ सेन्टर र स्वास्थ्य चौकी लगायतका भवन निर्माण गुणस्तरीय ढंगले सम्पन्न गर्न तीव्रता प्रदान गर्न। नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x