साहु समाज युवा जिल्ला कार्य समितिद्वारा पानी चाउचाउ वितरण
बिक्की कनौजिया नेपालगन्ज । साहु समाज युवा जिल्ला कार्य समिति, नेपालगन्ज (बाँके) को आयोजनामा रान्झा देखि जमुनाह सम्मा विभिन्न चोक- चोकमा कोरोना संक्रमण विरुद्ध आम जनतालाई सुरक्षा दिन खटिएका प्रहरीलाई मास्क, पानी र चाउचाउ वितरण गरेको छ । र अञ्जनी माता रसोई लाई १७ पेटी पानी प्रदान गरेको हो । पुस्पलाल चौक, धाम्बोजी, बीपी चौक, सेतु विक, चौक, त्रीवेनि मोड, त्रिभुवन चौक, गणेश मान चौक, ट्राफिक चौक, चौलिका, भन्सार, जमुनाह लगायत चौक – चौकमा मास्क, पानी र चाउचाउ वितरण गरिएको साहु समाज युवा समितिका सह-सचिव श्याम कुमार शाहुले बताए ।
सरकारले कोरोना नियन्त्रणका लागि लकडाउन गरेपछि सर्वसधारणका भिडभाड हुन नदिन चोक चोकमा तैनाथ प्रहरीलाई समाजले मानवीय कार्य अन्तर्गत सहयोग गरेको हो ।
यस्तै भेरी अस्पतालमा संचालित अञ्जनी माता रसोई घरलाई १७ पेटी पानी प्रदान गरिएको छ । रसोई घरले अस्पतालमा रहेका कोरोना भाइरसका बिरामी, कुरुवा र स्वास्थ्यकर्मीलाई बिहानको खाना रु २० र साझा को खाना रु ८० उपलब्ध गराउँदै आएको छ ।





साहु समाज युवा समितिका अध्यक्षता राम किसान साहु, समाज मूल समितिका अध्यक्ष हंसराम साहु, युवा समितिका उपाध्यक्ष पावन शाह, कोषाध्यक्ष पिन्टु साहु, सदस्य मनोज साहु, दिनेश साहु र सल्लाहकारहरु प्रदीप शाह र राम नरेश साहुको उपस्थिमा बितरण कार्यक्रम गरिएको थियो ।


