१२ मंसिर २०८३, शुक्रबार

सिमा मिचेको विषय उठान हुँदा आत्तियो चीन , आयो धम्किपूर्ण बयान

एसीपी संवाददाता

२१ भाद्र २०७८, सोमबार ०३:३७ मा प्रकाशित

भदौ २१ गते सोमबार । नेपाली काँग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले चीनले नेपालको सीमा मिचेको ठोकुवा गरेका छन् । यो सिमा मिचेको कुरा उठे पछि अहिले चिनले विभिन्न बहानामा नेपालीहरुलाई दुख दिने गरेको समेत त्यहीँ स्थित स्थानीयले बताएका छ्न । हुम्लाबाट निर्वाचित प्रदेश सांसद शाहीले हुम्लाको उत्तरी क्षेत्रमा आफैं स्थलगत अवलोकन गरेर चीनले सीमा मिचेको तथ्य पत्ता लगाएका थिए । अहिले एक्लै अडान लिएका सासद माझी माथी कम्युनिस्टहरुले आरोप प्रत्यारोप शुरु गरेका छ्न । उता काङ्ग्रेस सासद शाहीका पक्षमा काङ्ग्रेस नेता राम सरण महतले भारत सङको सिमा बिवाद छ त्यो कुरा पनि हामी गर्छु तर त्यति बेला कम्युनिस्ट नक्कली राष्ट्रियता देखाउने गरेका अहिले चीन सङ सिमा बिवाद बारेमा छानबिन समिति बनाउदा मारीहत्तै गर्नु पर्ने के कारण छ । छानबिन समितिको विषय निवर्तमान प्रधानमन्त्री केपी ओलिले समेत टिप्पणी गरेका छ्न ।

तर यता चीनले नेपालसँगको सीमालाई लिएर नेपाल र चीनबीच कुनै विवाद नरहेको बताएको छ । सांसद शाहीले स्थलगत अनुगमन गरी सिमा मिचेको तथ्य बाहिर ल्याउदा समेत चीनले दिएको यस्तो प्रतिक्रियाले नेपालीहरुलाई आक्रोशित बनाएको छ । अहिले चीनले सिमा मिचेको समाजिक संजालमा कुरा उठेको छ ।

काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ताले शुक्रबार विज्ञप्ति जारी गर्दै नेपाल सरकारले भनेजस्तो सीमा अतिक्रमण नभएको बताएका हुन् । ‘सन् १९६० को दशकको सुरुमा दुई देशबीच भएको मैत्रीपूर्ण सम्झौताकै बेलादेखि सीमा विवाद समाधान भइसकेको छ’ विज्ञप्तिमा उल्लेख छ, ‘त्यसबेलादेखि नेपाल र चीनबीच सीमालाई लिएर कुनै विवाद छैन ।’

विज्ञप्तिमा चीनले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित रहेर सीमाका मुद्दालगायत दुई मुलुकबीचको साझेदारीलाई थप बलियो तुल्याउन चाहेको समेत जनाइएको छ ।

केही व्यक्तिले यसअघि पनि नेपाल र चीनबीच कथित सीमा विवाद निम्त्याउने प्रयास गरेको जनाउँदै चीनले यसबारे परराष्ट्र मन्त्रालयले त्यतिबेला जारी गरेको प्रस्टीकरणलाई बुझ्नसमेत ध्यानाकर्षण गराएको छ । त्यतिबेला नेपालको परराष्ट्र मन्त्रालयले समेत चीनसँग सीमासम्बन्धी कुनै विवाद नरहेको स्पष्ट पारेको थियो ।

अहिले चीनले सिमा बिवाद उठे बिकासका काममा समेत असर पर्ने । दुई मुलुकबीचको विकास तथा सहायताका लागि नेपालसँग मिलेर हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जाल निर्माण गर्न चाहेको पनि चीनले उल्लेख गरेको छ । नेपाललाई गरेको सहयोगका कुरा उठाउनुमा पनि रहस्य रहेको नेपाली जनताको ठम्म्याई छ ।

हुम्लासँग सीमा जोडिएको तिब्बतको सिजाङबाट नेपालतर्फ भूकम्प, बाढीपहिरो र महामारीजस्ता विपद्मा मानवीय सहायता प्रदान गरिराखिएको समेत चीनले स्पष्ट पारेको छ । चिनको यो बिज्ञापति कस्तो संकेत जाने भन्ने प्रश्न उथकेही वर्षदेखि चीन र नेपालले सक्रियतापूर्वक सीमा व्यवस्थापन, बन्दरगाह निर्माण, सीमापार सहायता आदानप्रदान गरेको जनाउँदै चीनले दुई मुलुकका नागरिक यसबाट लाभान्वित भइरहेको स्पष्ट पारेको छ । भन्नुको अर्थ बिकासको आधारलाई सिमा मिचेको विषयसङ जोडना खोजेर चिनियाँ दूतावासले नेपाली भुमी कब्जालाई ओझेलमा पर्न खोज्दै छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x