१२ मंसिर २०८३, शुक्रबार

सुरक्षामा खलल् पुगीरहेको घटना प्रति मानव अधिकारकर्मी संस्थाको गम्भिर ध्यानाकर्षण

एसीपी संवाददाता

२० चैत्र २०८०, मंगलवार १८:०१ मा प्रकाशित

पछिल्ला दिनमा बाँके जिल्लामा लगातार भएका अपराधिक घटनाहरुबाट आम नार्गाग्कको शान्नि सुरक्षामा खलल् पुगीरहेको घटना प्रति हामी मानव अधिकारकर्मीहरुको गम्भिर ध्यानाकर्षण भएको छ, उल्लेखित घटनाले आम नागरिकहरुको बांच्न पाउने नैर्मार्गक अधिकारमा खलल पुग्न गएको प्रनि हामी सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउन चाहान्छी ।

नेपालगञ्ज २१ वितांगाउँका २२ वर्षीय एक युवकलाई ०८० चैत्र १८ गते घांटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको घटना, होली पर्वको बन्ना भएका झडपहरु, दिनदहाडै भएका हत्याका अन्य अपराधका घटनाहरुले नागरिकको जिउ ज्यान र धनको सुरक्षामा गम्भिर असर पारेको छ।

नेपालगञ्ज, खजुरा लगायतका क्षेत्रमा भएका हत्या हिंशाका घटनाले स्वतन्वपूर्वक, भयरहीन बातावरणमा बांच्न पाउने नागरिकको संवैधानिक अधिकार उपभोगमा भर पर्दै गएको छ।

राज्यकातर्फबाट शान्ति सुरक्षाको जिम्मेवारी लिएका स्थानीय प्रहरी प्रशासनले आम नागरिकहरुको शान्ति सुरक्षाप्रति चनाखो हुन र अपराविक घटनामा सम्लग्न व्यक्ति, समूहको पहिचान गरि कानूनी दायरामा ल्याई पीडकलाई कारबाही र पीडितलाई न्याय दिन हामी पिल गर्दछौ। साथै समाजमा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरु हुन नदिन राज्यका सुरक्षा संयन्त्रहरुलाई थप चनाखो हुन र प्रभावकारी भमिका निर्वाह गर्न समेत हामी सम्बन्धित पक्षसंग अनरोध गर्दछौ ।

सुनिल कुमार श्रेष्ठ, बरिष्ठ अधिवक्ता, पुर्व उपाध्यक्ष नेपाल बार एशोसिएसन चित्र बहादुर शाही, अध्यक्ष, नेपालगंज उच्च अदालत यार एशोसिएसन

भोला महत, लुम्बिनी प्रदेश संयोजक अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक

बसन्त गौतम, वरिष्ठ प्रदेश संयोजक एडभोकेसी फोरम नेपाल विश्वजित तिवारी, अध्यक्ष सुचना: र मानव अधिकार अनुसन्धान केन्द्र
प्रभात कुमार ठकुरी, केन्द्रिय सदस्य मानव अधिकार एलाइन्य
बल बहादुर चन्द संयोजक, सामाजिक लोकतन्त्र अध्ययन केन्द्र बाँके
केवल सिंह थारु, अधिवक्ता

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x