१२ मंसिर २०८३, शुक्रबार

सुरक्षित रगत सबैका लागि जीवन दान’ भन्ने नाराका साथ रक्तदान कार्यक्रम सम्पन्न

एसीपी संवाददाता

४ मंसिर २०७८, शनिबार ०३:४२ मा प्रकाशित

नेपालगन्ज । सेवा नेपाल बाँकेले नेपालगन्जको बागेश्वरी मन्दिर परिसरमा रक्तदान कार्यक्रमको सम्पन्न गरेको छ ।

सेवा नेपाल बाँकेले ‘सुरक्षित रगत सबैका लागि जीवन दान’ भन्ने नाराका साथ उक्त कार्यक्रम बागेश्वरी मन्दिरको पुर्व गेटमा रहेको योग गर्ने स्थानमा शुक्रवार विहान देखि संचालन गरेको कार्यक्रम दिउँसो १ बजे सम्म चलेको थियो ।
सेवा नेपाल बाँकेले यस्ता सामाजिक कार्य निरन्तर दिने जनाएको छ । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले रगत संकलनमा सहयोग गरेको थियो ।  बाँकेका अध्यक्ष लाल माया शाहिले मंसिर ०३ गते आयोजना हुने रक्तदान कार्यक्रमलाई सफल बनाउनका लागि सेवा नेपाल बाँकेका कर्मचारी, व्यवसायी, बुद्धिजीवी, अभिकर्ता, समाजसेवी लगायत स्थानीयवासी सहभागी भई सबैलाई रक्तदान गरी सहयोग गर्न आग्रह गर्नु भएको थियो ।
रक्तदान कार्यक्रमका संयोजक रामेश्वर गौतम (अचुत) ले सेवा नेपाल बाँकेको आयोजनामा पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना हुन लागेकोले सेवा नेपाल बाँकेकर्मीहरु उत्साहित रहेको बताए ।
शाहीका अनुसार सेवा नेपाल बाँके लाई व्यवसायलाई व्यवस्थित एवं परिस्कृत बनाई सेवा नेपाल बाँकेले संचालन गरेका भान्सा घर ,निशुल्क एम्बुलेन्स सेवा,रक्तदान व्यवसायमा स्वच्छ कायम गर्नका लागि लामो समयको प्रयासपछि गठन भएको संस्था हो । त्यसकारण सेवा नेपाल बाँके संस्थाका सहकर्मीहरु,सहयोगि हात तथा शुभ चिन्तकहरुको उल्लेख्य सहभागीताको अपेक्षा गरेको अध्यक्ष शाहिले बताउनु भयो ।
सेवा नेपाल बाँकेले साक्षरता, रक्तदानलगायतका कार्यक्रमहरु गर्दै आएको र आगामी दिनहरुमा पनि यस्तै खालका सामाजिक सेवामा सचेतना फैलाउने कार्यक्रमहरु गर्दै जाने सेवा नेपाल बाकेकी अध्यक्ष लाल माया शाहीले बताउनु भयो । तस्बिर अध्यक्ष लाल माया शाही – समाजिक सन्जाल बाट  

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x