१२ मंसिर २०८३, शुक्रबार

सुवासचन्द्र नेम्वाङले षड्यन्त्रपूर्ण तरिकाले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेको

एसीपी संवाददाता

१२ फाल्गुन २०८०, शनिबार ०७:५३ मा प्रकाशित

धर्मनिरपेक्षता कांग्रेसको एजेन्डा नरहेको र २०६३ साल जेठमा पुन:स्थापित प्रतिनिधिसभाको बैठकमा अध्यक्षको आसनबाट सुवासचन्द्र नेम्वाङले षड्यन्त्रपूर्ण तरिकाले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेको कांग्रेसको एक समूह विश्वास गर्दछ।

बिहीबार सांसद् तथा पूर्वमहामन्त्री शशांक कोइरालाले प्रस्तावमा हस्ताक्षर गरेपछि सो प्रस्तावमा आफ्नो सहमति जनाउन केन्द्रीय र महासमितिका सदस्यहरूको लर्को लागेको थियो। हस्ताक्षर गर्नेक्रम जारी छ।

केन्द्रीय सदस्य शेखर कोइरालाले पनि पटकपटक धर्मनिरपेक्षता षड्यन्त्रपूर्ण तरिकाबाटै आएको अभिव्यक्ति दिएका छन्। यद्यपि, हिन्दू राष्ट्रको पक्षमा शेखरले हस्ताक्षर गरेका छैनन्। ‘उहाँले हस्ताक्षर नगरे पनि हाम्रो अभियानलाई साथ दिने आश्वासन हामीलाई दिनुभएको छ, ‘ अभियन्तामध्येका एकले भने। दिपक कुमार झाको समाजिल संजाल पोस्ट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x