३२ असार २०८३, बिहीबार

हमासद्वारा चारजना बन्धकको शव इजरालयललाई हस्तान्तरण

एसीपी संवाददाता

८ फाल्गुन २०८१, बिहीबार १७:४६ मा प्रकाशित

गाजाक्षेत्र- गाजाक्षेत्रको विद्रोही समूह हमासले चारजना बन्धकको शव इजरालयललाई हस्तान्तरण गरेको छ ।

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुको कार्यालयले गाजा क्षेत्रमा बन्धक बनाएपछि ज्यान गुमाएका चारजनाको हस्तान्तरण गरिएको हो ।

प्रधानमन्त्री कार्यालयले एक विज्ञप्ति निकालेर इजरायल रक्षा बल (आईडीएफ) अब ती शवको पहिचानका लागि जाफास्थित अबु कबीर फोरेन्सिक इन्स्टिच्युटमा लाने छ ।

इजरायली सेनाले मृतकबारेमा शवको पहिचानबाट मृत्युको पुष्टि भएपछि मात्रै परिवारलाई जानकारी गराउने तयारी गरेको छ ।

यसअघि हमासले एक विज्ञप्ति जारी गर्दै इजरायली आक्रमणमा मारिएका चारजना बन्धकको शव फिर्ता गर्ने घोषणा गरेको थियो ।

अघिल्लो महिना युद्धविराम शुरू भएपछि पहिलो पटक हमासले मृतक बन्धकको शव फिर्ता गरेको हो । हमासले अब ६ जना जीवित बन्धकलाई शनिबार रिहा गर्ने भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x