१७ आश्विन २०८३, शनिबार

हेरा शैक्षिक तथा मानवीय सेवा समाजको सहयोगमा निशुल्क खाद्यान्न समाग्री वितरण

एसीपी संवाददाता

२६ बैशाख २०७८, आईतवार १२:५५ मा प्रकाशित

कृष्णनगर, वैशाख

कपिलवस्तुको कृष्णनगर तथा शिवराज नगरपालिका भित्रका गरिब असहाय मजदूर लगायत बिपन्न ३०० परिवार लाई सहयोग स्वरुप निशुल्क खाद्यान्न सामाग्री वितरण गरिएको छ।

हेरा शैक्षिक तथा मानवीय सेवा समाजको सहयोगमा समाग्री वितरण गरिएको छ।

गरिब, असहाय विपन्न लगायत प्रत्येक दिन ज्यालादारी रिक्सा तरकारी बिक्री लगायत बिभिन्न किसीमका मेहनत गरि पैसा कमाएर आ आफ्नो परिवारको पेट भर्दै आएका श्रमिक गरिब मजदूरहरु , गरिब परिवारको घरमा कोई भोकै नरहोस भन्ने भावनाका साथ हामी ले १५ किलो चामल, २किलो दाल, ५ किलो पिठो, तेल , नून, चिनी लगायत खाद्यान्न समाग्री वितरण गरेको ५नं.प्रदेश मदरसा बोर्डका उपाध्यक्ष तथा हेरा शैक्षिक तथा मानवीय सेवा समाजका प्रवक्तामौलाना मशहूद खां नेपाली ले बताए।

गरिब ,असहाय लाई हेरा शैक्षिक तथा मानवीय सेवा समाजले हरेक सम्भव सहयोग दिने तैयार रहेको हेरा शैक्षिक तथा मानवीय सेवा समाजका महासचिव शैख जैस मक्कीले प्रतिबद्धता समेत जनाए।
गरिब असहाय हरुको सहयोग नै सबै भन्दा ठूलो मानव धर्म रहेको र आ आफ्नो स्तर बाट सबै लाई गरिब असहायको सहयोग गर्न लागि राष्ट्रिय मदरसा संघका राष्ट्रीय अध्यक्ष डाक्टर अब्दुल गनी अलकुफी ले अग्रह समेत गर्नु भयो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x