१७ कार्तिक २०८१, शनिबार

भारतले आगामी ५–६ वर्षमा ऊर्जा क्षेत्रमा ६७ अर्ब अमेरिकी डलर लगानी गर्ने

एसीपी संवाददाता

२५ माघ २०८०, बिहीबार २१:१८ मा प्रकाशित

काठमांडौ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ऊर्जा क्षेत्रमा आगामी ५–६ वर्षमा ६७ अर्ब अमेरिकी डलर लगानी गर्ने बताउनुभएको छ । गोवामा भारत ऊर्जा सप्ताहको दोस्रो संस्करणको उद्घाटन गर्दै मोदीले उक्त टिप्पणी गर्नुभएको हो ।

सरकारको सुधारका कारण घरेलु ग्यासको उत्पादन बढ्दै गएको र प्राइमरी इनर्जी मिक्समा ग्यासको प्रतिशत ६ बाट १५ प्रतिशतमा पुर्याउने प्रयास भइरहेको प्रधानमन्त्री मोदीले बताउनुभयो । आगामी ५–६ वर्षमा करिव ६७ अर्ब डलर लगानी हुने उहाँको भनाइ थियो । सरकारले सन् २०२५ सम्म पेट्रोलमा २० प्रतिशत इथानोल मिसाउने लक्ष्य राखेको छ ।

गत वर्ष इण्डिया इनर्जी वीकमा ८० भन्दा बढी रिटेल आउटलेटमा २० प्रतिशत इथानोल मिसाउने कार्यको स्मरण गर्दै मोदीले यी आउटलेटहरूको संख्या बढेर ९ हजार पुगेको बताउनुभयो । भारत ऊर्जा सप्ताह २०२४ मा विभिन्न देशका लगभग १७ ऊर्जा मन्त्रीहरू, ३५ हजार भन्दा बढी सहभागीहरू र ९ सय भन्दा बढी प्रदर्शकहरूको सहभागिता हुने अपेक्षा गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x