१२ मंसिर २०८३, शुक्रबार
जाजरकोट भूकम्पका पीडितलाई नेपाल-भारतमैत्री युवा संघले राहत दियो
काठमाडौँ । नेपाल-भारतमैत्री युवा संघले जाजरकोट भूकम्पका पीडितलाई राहत प्रदान गरेको छ ।
नेपाल-भारतमैत्री युवा संघ नेपालका केन्द्रीय अध्यक्ष महेन्द्र यादवको टोलीले जाजरकोट पुगेर २५० ब्ल्यांकेट र २५० त्रिपाल जाजरकोट जिल्ला प्रशासन कार्यालयलाई बुझाए।
यादव नेतृत्वको टोलीमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक जन्मजय तिमिल्सिना, जाजरकोटका कार्यवाहक सभापति खड्ग सिंह, भेरी नगरपालिकाकी उपमेयर सीता जैसी पनि सहभागी थिए ।
सहमहामन्त्री यादवले जाजरकोटको जेलमा रहेका कैदीलाई ब्ल्यांकेट वितरण गरेको बताए । दोस्रो चरणमा भूकम्प प्रभावित रुकुम पश्चिममा राहत वितरण गरिने यादवले जानकारी दिए ।
Subscribe
Login
0 Comments


