संसदीय जिम्मेवारीमा पनि आरजु राणाको प्रभावशाली नेतृत्व, आमजनताको लागि यसरी गर्देछिन् काम
काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले संसदीय समितिलाई सक्रिय बनाएकी छन् । यसअघि सरकार तथा सांसदबाटै वेवास्तामा पर्ने संसदीय समितिलाई आरजुले नेतृत्व लिएर सक्रिय र परिणाममुखी बनाएकी हुन् । पार्टीमा नेतृत्वलाई रचनात्मक र सक्रिय बनाउन भूमिका खेलेर संसदीय जिम्मेवारी पाएकी आरजुले त्यसलाई पनि सफल पारेकी हुन् ।
आरजु अहिले प्रतिनिधिसभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति छिन् । उनले कमाण्ड सम्हालेपछि समिति चलायमान भएको छ, सरकारका र सांसदहरु उत्तिकै जवाफदेही र सक्रिय छन् । जनताको समस्या समाधान गर्न, गुनासो सुनुवाइ गर्न, त्यसलाई निवारण गर्न आरजुले व्यक्तिगत तथा समितिबाट सामूहिक पहल पनि गरिरहेकी छन् । बाँदरबाट पीडित किसानको समस्या समाधान गर्न उनले लिएको अग्रसरता सर्वाधिक चर्चाको विषय बनेको छ भने किसानहरुमा आशा पलाएको छ ।
कृषकका अन्य समस्या, भूमिको, वनको र सहकारीको समस्यामा पनि समितिले समाधानका लागि सहजीकरण गरेको छ, सरकारलाई जवाफदेही बनाइरहेको छ । यसरी समितिलाई जनताको पक्षमा केन्द्रित गर्दै अगाडि बढिरहेकी आरजुकै नेतृत्वमा समितिले पहिलो विधेयक पनि पारित गरेर कानुन बनाउने प्रक्रियामा पठाएको छ । समितिको १० महिना पूरा भएको कार्यकालमा पहिलो विधेयक आरजु सभापति भएर आएपछि पारित भएको हो । आरजु भदौमा मात्रै सभापति भएकी थिइन् ।
त्यसपछि उनले समितलाई जनताको गुनासो सुन्नेमा केन्द्रित गर्नुका साथै विधायिकी कामलाई पनि गति दिएर पहिलो विधेयक पारित गर्ने वातावरण बनाएकी हुन् । सभापति राणाकाअनुसार उपसमिति बनाएर मिहिन ढंगले छलफल गरेर जनताको स्वास्थ्यको पक्षमा कानुन बन्ने गरी खाद्य स्वच्छता तथा गुणस्तर विधेयक पारित गरिएको हो । विधेयकमा खाद्य स्वच्छताको हक अधिकार रक्षा गरिएको छ ।
अखाद्य वस्तुबाट आमजनतालाई जोगाउनेछ । संसद सचिवालयका एक अधिकारी भन्छन्, ‘आरजु राणा देउवा सभापति भएपछि समितिको हाइट बढेको छ । समिति एकदमै एक्टिभ भएको छ । परिणाममुखी काम गरिरहेको छ । सरकार र माननीयहरु पनि जिम्मेवार भएको पाएको छु । यो संसदको भूमिका बढाउने हिसाबले महत्त्वपूर्ण छ ।’


