१२ मंसिर २०८३, शुक्रबार

तनहुँमा जन्ती बोकेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १६ जना घाइते

एसीपी संवाददाता

७ फाल्गुन २०८०, सोमबार ०९:१२ मा प्रकाशित

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरस्थित भित्री सडकखण्डमा सोमबार बिहान जन्ती बोकेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बरादी–हिलेखर्कस्थित भित्री सडकखण्डमा जन्ती लिएर गइरहेको बा १८च ५९२१ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्य हुनेहरुको खनाखत नभएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । जिप नियन्त्रित भइ सडकबाट झण्डै ५ सय मिटर तल खसेको बताइएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x