१२ मंसिर २०८३, शुक्रबार
कांग्रेस एक ढिक्का भएर चुनाव लडे कसैले पराजित गर्न सक्दैन:शशांक कोइराला
काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले आउँदो निर्वाचनमा एकमत भएर गए काँग्रेसलाई कसैले पराजित गर्न नसक्ने बताएका छन् ।
आज काठमाडौंमा आयोजित चियापान समारोहमा बोल्दै उनले त्यसका लागि नेपाली काँग्रेसलाई अझ मलजल गरेर सर्वश्रेष्ठ पार्टीका रुपमा अघि बढाउन आवश्यक रहेको बताए ।
‘आउँदो निर्वाचनमा एकमत भएर अघि बढौँ । हामीलाई कसैले हराउन सक्दैन,’ उनले भने ।
कोइरालाले निर्वाचनमा काँग्रेस बाहेकको भविष्य नरहेको पनि बताए । महासमिति बैठक सकिएको अवसरमा कोइरालाले काठमाडौंमा आज चियापान समारोह राखेका थिए ।
समारोहमा पार्टीका सभापति शेरबहादुर देउवा पनि सहभागी थिए ।–न्युज एजेन्सी नेपालबाट
Subscribe
Login
0 Comments


