२९ श्रावण २०८३, शुक्रबार

टि– २० क्रिकेटमा आज नेपाल र नेदरल्याण्ड्स भिड्दै

एसीपी संवाददाता

१९ फाल्गुन २०८०, शनिबार १०:५४ मा प्रकाशित

काठमाडौं । त्रिदेशीय टि– २० क्रिकेट श्रृंखलामा आज नेपालले नेदरल्याण्ड्सको सामना गर्नेछ । खेल बिहान साँढे ११ बजे त्रिवि क्रिकेट मैदान किर्तीपुरमा सुरु हुनेछ ।

श्रृंखलामा नेपाल लगातार दोस्रो जितको खोजीमा छ । सुरुवाती दुई खेलमा नामिबिया र नेदरल्याण्ड्ससँग पराजित भएको नेपालले तेस्रो खेलमा शुक्रबार नामिबियालाई ३ रनले हराएको थियो ।

शुक्रबारको कठिन तथा रोमाञ्चक जितसँगै नेपालले प्रतियोगिताको फाइनलमा पुग्ने संभावना जिवित राखेको छ । तर उक्त संभावना बलियो पार्न नेपालले आज नेदरल्याण्ड्सलाई हराउनुपर्ने हुन्छ ।

तीन देश सहभागी श्रृंखलमा दुई खेलबाट नेदरल्याण्ड्सको चार अंक छ भने नेपाल र नामिबियाको दुई दुई अंक छ । लिग चरणको समाप्तीपछि शीर्ष दुई टोलीले श्रृंखलाको उपाधिका लागि फाइनल खेल्नेछन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x