१६ बैशाख २०८३, बुधबार

मधेश आन्दोलनको नेतृत्व लिएका सबल सारथि ओझा

कृपाराम वाडिया

२० फाल्गुन २०८०, आईतवार १०:०० मा प्रकाशित<

नेपालगन्ज – नेपालमा जन-आन्दोलन २०६२/६३ को परिवर्तन पछि मधेशमा नेपाली काङ्ग्रेसको बर्चस्व लाई चुनौती दिन कम्युनिस्ट नेताको प्रयोजित यसलाई यसरी बुझ्नु  ( यो भन्दा खेरि मधेश आन्दोलन पछि यो मात्र खुल आएको हो कि उपेन्द्र यादव प्रयोजित थिए )  तत्कालीन मधेसी जनाधिकार फोरम जसको अध्यक्ष उपेन्द्र यादवले नेतृत्व गर्दै मधेशका २२ जिल्लामा समिती बिस्तार गर्दै थिए । फोरम महासचिव जय प्रकाश गुप्त ( आनन्द ) रहनु भएको थियोे ।

युवाको नेतृत्व बिस्तार गर्न राम कुमार शर्मालाई जिम्मेवारी थियोे । यस्तै जितेन्द्र सोन्ल पनि चर्चित युवाका रूपमा रहेका हुन । बाके जिल्लामा मधेश आन्दोलनको नेतृत्व  दिने दिनेश चन्द्र यादव लाई जिम्मेवारी दिइयो तर उनी माओवादीको त्रास र एमालेको दबावका कारण भारत बाट नेपाल आएनन्  । बाके जिल्लामा जिल्ला अध्यक्षता कसले लिने भनेर सबै डराई रहेका थिए । भुमिगत बाट भक्कर माओवादी हरु बाहिर आएको र कार्य शैली उस्तै थियोे त्यसको कडा प्रतिद्वन्द्वी बन्नु पर्ने र अन्य पार्टी को नजरमा मधेश भन्ने केही हैन त्यसको बिजा रोपण गर्नु पर्ने । मधेसी जनअधिकार फोरम युवा समिती हिरा लाल लोनिया को नेतृत्व बनेको थियो ।

नगर अध्यक्षमा सन्तोष लखेर लाई नेतृत्व दिएको हो । मुल समितिको जिल्ला अध्यक्ष खाली थियोे अनि कन्हैयालाल धरमशालाको एउटा् बैठकमा आर्को जिल्ला अध्यक्ष  नहुदा सम्म तपाई जिल्ला अध्यक्ष बस्नु पर्‍यौं भन्दै सबै युवाको अनुरोधमा बाकेका सर्बदेव ओझालाई जिम्मेवारी दिईयो । जिल्ला अध्यक्ष सम्हालेका ओझा  मैदानमा आए देखि मधेश आन्दोलन रङरुप नै परिवर्तन भयो खुलेर मधेश आन्दोलनको वकालत शुरु भयो । गाउँ गाउँमा समिती बिस्तार हुने  कार्य तिब्र भयो । ओझा स्थानीय बिकास अधिकारी रहेकाले कानुनी कुराको राम्रो ज्ञान् थियोे । उच्च शिक्षाको ज्ञान् काङ्ग्रेस पार्टीमा राम्रो योगदान परिपक्व नेतृत्व ले भरिपुर्ण रहेका ओझा सर भन्थे सबैले उनलाई राजनीतिमा महारत नै हुन यता तराईमा मधेसी भुमिगत पार्टीको पनि प्रेसर थियोे उनी नेपाली काङ्ग्रेसका कडा स्वाभाव नेता खुम बहादुर खडकाका नजिक मानिने उपलब्धि हासिल गरेकाले उनलाई जिल्ला चलाउन गर्हो भएन ।

मधेश आन्दोलनको उपलब्धि बाके बाट २ जना सासद पठायो एक तर्फ आफै जितेर बाकेको नगरमा तहलका मच्चाए भने अर्को तर्फ ईस्तियाक राई पनि चुनाव जितेर बाकेको नेता बन्ने बाटो हिने । मधेश आन्दोलन उपेन्द्रका कमि कमजोरीका कारण पार्टी फुटेको थियोे । हामी प्रसङ पुनः जोडना लागौ प्रसङ बाकेका सर्बदेव ओझा हुन त वहाँको कपिलवस्तु जिल्लामा नै  पुर्खाहरु बसेका हुन तर वहाँ बाकेकै हुनु भयो ।ओझा  बाकेको जिल्ला अध्यक्ष भए पश्चात्  विभिन्न नेता कर्याकर्ता उनको नेतृत्वमा जोडीए । नेपालगन्जको भन्सार कार्यालय बन्द गराउदा पुर्ब मन्त्री मोहम्मद ईस्तियाक राईलाई नेता बनायो भने निवर्तमान उप-मेयर कमरुदिन राई लाई पनि नेताका रुपमा आगाडि बढाए ।

अहिले मधेशका धेरै जसो नेता कार्यकर्ता उनकै सबल नेतृत्वको देन हो  । आज पुर्ब मन्त्री सर्ब देव ओझाको जन्मदिनको विशेष अवसरमा उनको सबल नेतृत्वको छोटकरी विवरण हो । मधेश आन्दोलन हिरालाल  लोनिया अपहरण सहितका घटना र पात्र धेरै छ्न सबै अटाउन र पढ्ने लाई बुझ्न गर्हो न होस भनेर आफ्नो कलमलाई बिश्राम दिएको छु ।

पुर्ब मन्त्री सर्ब देव ओझा

लेखकको स्वतन्त्र बिचारलाई जस्तोको त्यस्तै पोस्ट गरेका छौ। kr_badiya@yahoo.com

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x