१२ मंसिर २०८३, शुक्रबार

हमासविरुद्धको लडाइँमा अमेरिकी समर्थनबारे नेतान्याहु र बाइडेनको फरक मत

एसीपी संवाददाता

२० फाल्गुन २०८०, आईतवार १०:०९ मा प्रकाशित

गाजामा इजरायलको आक्रमणबाट अहिलेसम्म २९ हजार ८७८ प्यालेस्टाइनी नागरिक मारिएका छन् । मृत्यु हुनेमध्ये १० हजारभन्दा बढी बालबालिका छन् । यसबीचमा अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को सोमबारदेखि हमास र इजरायलबीच युद्धविराम हुन सक्ने बताएका छन् ।

युद्धविराम गराउने लामो प्रयासमा अमेरिका, इजिप्ट, कतार, फ्रान्स र अन्य देशले इजरायल र हमासबीच मध्यस्थकर्ताका रूपमा काम गरिरहेका छन्  । र, हाल कतारमा वार्ता जारी रहेको अमेरिकी भनाइ छ । उनीहरूले ६ साताका लागि युद्ध रोक्ने सम्झौता गर्न लागेका हुन् । यसबीचमा हमासले सबै बन्दीहरू रिहा गर्नुपर्नेछ ।

यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा आक्रमण गर्दा इजरायलले वैश्विक समर्थन गुमाउन थालेको पनि टिप्पणी गरेका छन् । तर, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने फरक मत राखेका छन् ।

उनले गाजामा जारी युद्धलाई ८० प्रतिशत अमेरिकीले समर्थन जनाएको दाबी गरेका छन् । अमेरिकी समर्थनले हमासलाई समाप्त गर्ने अभियानमा हौसला मिलेको उनी बताउँछन् । साथै ‘हमासमाथि पूर्ण जित हासिल’ नगरुञ्जेल अमेरिकाले इजरायललाई युद्ध लड्न मद्दत गरिरहने पनि नेतान्याहुले बताएका छन् । नेतान्याहुका अनुसार हमास आतंकवादी हुन् र उनीहरूलाई समाप्त गरेरै छाड्नुपर्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x