कांग्रेस संसदीय दलको निष्कर्ष, माओवादीले गठबन्धन तोडेर राजनीतिक बेइमानी गर्यो
काठमाडौं। नेपाली कांग्रेस संसदीय दलले माओवादी केन्द्रले गठबन्धन तोडेर राजनीतिक बेइमानी गरेको निष्कर्ष निकालेको छ।
प्रतिनिधिसभा बैठक बस्नुअघि बिहीबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले माओवादीले पूर्वसहमतिमा इमान्दारिता नदेखाएको र राजनीतिक बेमाइमानी गरेको निष्कर्ष निकालेको हो।
बैठकपछि पत्रकारसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘हामी गठबन्धनको संस्कार, संस्कृति, मूल्य र मान्यता एवं गठबन्धन निर्माण गर्दा भएका सहमति इमान्दारितापूर्वक निर्वाह गरिराखेकै अवस्थामा उहाँहरु (माओवादी)ले अविश्वसनीय ढंगले गठबन्धन भत्काउने काम जुन गर्नुभयो । त्यो कुनै पनि हालतमा इमानदारिता होइन । त्यसकारण हामीले त्यसलाई राजनीतिक बेइमानी भनेका छौँ ।’
कांग्रेसले संघीय संसदमा प्रमुख प्रतिपक्षीको हैसियतले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय पनि गरेको छ।


