नक्कली औषधि बिक्रेताको पसल प्रशासनद्वारा शिल
बांके जिल्लाको डुडुवा गाउँपालिकाको वडा न.६ चौधरिपुर्वा भन्ने स्थानबाट एक जना नक्कली औषधि बिक्रेतालाई बांके प्रशासनले पक्राउ गरि निजको नक्कली औषधि पसल समेत शिल गरेको छ ।
बिकास लखेर नाम गरेको निज नक्कली बिक्रेता संग औषधि बिक्री गर्ने न त कुनै योग्यताको प्रमाण पत्र छ, न त उनको उक्त पसल प्रचलित कानून बमोजिम दर्ता नै भएको छ ।
उक्त पसलमा रहेका ७५ % बढी औषधी म्याद गुजृएका छ्न भने बांकी औषधीहरुको उपयोग म्यादमा पनि हातैले over right गरि थप गरिएको पाइएको छ । अझ बरामद भएका केही औषधिहरु जस्तै भिगो टृप्पल एक्स , डर्मिकेम , कम्बिनेसनमा भएका अन्य केही थप औषधिहरु नेपालमा उपयोग गर्न समेत निषेध गरिएको प्रकृतिका रहेका छ्न ।
औषधि ब्यवस्था बिभाग शाखा कार्यालय नेपालगन्जसंग समन्वय गरि नक्कली बिक्रेता निज बिकास लखेरलाई औषधि बिक्री बितरण संबन्धी प्रचलित कानून बमोजिम कारवाहि गरिने सवैमा सूचित गर्दछु ।


