१२ मंसिर २०८३, शुक्रबार

बेइमानीको राजनीति धेरै समय टिक्दैन – शशांक कोइराला

एसीपी संवाददाता

२९ फाल्गुन २०८०, मंगलवार ०९:२३ मा प्रकाशित

नवलपरासी।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शशांक कोइरालाले बेइमानीको राजनीति धेरै समय नटिक्ने बताएका छन् ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को पिठौलीमा सोमबार आयोजित कार्यक्रममा उनले वर्तमान सरकार राजनीतिक धोकाबाट बनेको आरोप लगाए ।

“केही मुख्यमन्त्री र मन्त्री पद गए पनि कांग्रेसको भविष्यका लागि गठबन्धन टुट्नु राम्रो हो, अब निर्वाचन अगाडि कांग्रेसले कसैसँग पनि गठबन्धन गर्दैन,” नेता कोइरालाले भने ।

गठबन्धनबाट मुक्त भएको कांग्रेसले अब पार्टी सङ्गठन बनाउन र पार्टीभित्रका फरक विचार समूहका साथीहरूसँग मिलेर अगाडि बढ्ने अवसर प्राप्त भएको उनको भनाइ थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x